बेलडाँडी, १५ असोज । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि बेलडाँडीबाट लाल बहादुर रावत, अभिमान थापा र महिला प्रतिनिधि बसन्ती जोशी निर्वाचित भएका छन् ।
लाल बहादुर रावत- १४८,अभिमान थापा – १४६ मोहन गिरी- १०३, बसन्ती जोशी- १२०,कमला देवि कार्की- ९५ मत प्राप्त गरेका थिए । जसमध्ये रावत र थापा पुरूष तर्फ विजेता भएका छन् भने महिला तर्फ बसन्ती जोशी विजयी भएकी हुन् ।
महाकाली सिंचाइको हलमा भएको निर्वाचनमा २१८ मत खसेका थिए । कुल ३ सय ७८ मतदाता मध्ये २ सय १८ मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।
बेलडाँडीबाट प्रदेश अधिवेशन प्रतिनिधि भएर २ पुरूष १ महिले जाने भएका हुन ।
Discussion about this post