बेलडाँडीबाट ब्राउन सुगर सहित दुई युवा पक्राउ

897
VIEWS

बेलडाँडी, १८ असोज । बेलडाँडीबाट लागू औषध सहित दुई जना युवालाई पक्राउ गरेकाे छ ।

बुधबार राती ९:३० बजे ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा लागु औषध सहित दुई जना युवालाई पक्राउ गरेकाे हाे ।

बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट भीमदत्त नगरपालिका वडा न. २ उल्टाखाम बस्ने राजु चौधरी र वडा न. १९ बागफाँटा बस्ने अमित चौधरीलाई ४ ग्राम ३२० मिलिग्राम लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार