स्क्रब टाइफसका कारण बैतडीमा एक जनाको मृत्यु

65
VIEWS

बैतडी, १८ असोज । स्क्रब टाइफसको संक्रमणका कारण बैतडीमा बिहीबार एक बृद्धको मृत्यु भएको छ।

मृत्युु हुनेमा दोगडाकेदार गाउँपालिका-६ गौकुराका ६८ वर्षीय शोभान सिंह भण्डारी रहेकाे जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर भानु चालिसेले जानकारी दिनुभयो।

उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका बृद्धको स्वास्थ्य चेकजाँच गर्दा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। यसका साथै ती बृद्धको रगतमा अक्सिजन कमी र मृगौला इन्जुरीको समस्या पनि देखा परेको डाक्टर चालिसेले बताउनुभयो।

अक्सिजनको कमी र थप उपचारको लागि आइसियु आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा बाटोमै उहाँको मृत्यु भएको आफन्तले बताएका छन्।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार