लाल बहादुर एस के/पुनर्वास । गत साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका वडा नं.– ५, ७ र ९ मा धान र उखु नष्ट भएपछि के कति कारणले नष्ट भएको हो भनी विज्ञसहितको अनुसन्धान टोलि गठन गरि पुन अनुसन्धान गर्ने त्रिपक्षीय सहमति भएको छ ।
सनिवार पुनर्वास नगरपालिकामा बसेको भेलाले क्षतिको वास्तविक कारण पत्ता लगाउनका लागी विज्ञसहितको अनुसन्धान टोली गठन गरि सत्य तथ्य छानविन गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत संघिय सरकार समक्ष अनुरोध गर्ने र सुगर मिलले आगामी सिजनमा उद्योग संचालन हुनुपूर्व चिम्ली बाट हुने फोहार लेदोजन्य फोहर प्रशोधन केन्द्र स्थापना (जडान) गरी प्रदुषण रहित बनाएर मात्र बाहिर फाल्नु पर्ने यदि प्रशोधन केन्द्र जडान (स्थापना) नगरेमा उद्योग नविकरणका लागी स्थानिय तहबाट गरिने सिफारिस रोक्का गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
किसानलाई क्षतिपूर्ति दिलाउनका लागि पुनर्वास नगरपालिकाका प्रमुख तोया प्रसाद शर्मा, उप प्रमुख भुलिया राना, बेलाैरी नगरपालिकाका उप प्रमुख जोगराम चाैधरी, वडाध्यक्ष लगायत जनप्रतिनिधिहरूले किसानलाई क्षतिपूर्ति दिलाउनका लागि एक भएको बताएका छन् ।
मिलले पनि मिलको तर्फबाट कुनै क्षति नभएको दावि गर्दै आएको छ । मिलका कारण क्षति भएको भए मिल जवाफदेही हुन तयार रहेको बताउदै आएको छ ।
बाढी आएका बेलो मिलबाट बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) ले क्षति पुर्याएको किसानले दाबी गरेका थिए तर मिलबाट बगेको बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) ले क्षति गर्न नसक्ने रिपोर्टले देखाएको छ ।
बाढी आएपछि पुनर्वासमा २४२ बिघामा लगाइएको धान र ११० बिघामा लगाइएको उखु बारीमा क्षति भएको छ । क्षतिपुर्तीको माग गर्दै किसानहरुले आन्दोलन थालेका थिए ।
Discussion about this post