बेलडाँडीमा भोलि देखि रामलिला सुरुहुने

145
VIEWS

विकास सिह महता/कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा भोलि देखि रामलिला मञ्चन सुरु हुने भएको छ।

विगतका वर्ष झै यस वर्ष पनि बेलडाँडी रामलिला समितिले बेलडाँडी गाउँपालिका वडा नम्बर २ अवस्थित बेलडाँडी बजार नजिकै रहेको बषपार्क क्षेत्रमा रामलिला मञ्चन गर्ने निर्णय संगै भोलि १० गते देखि आयोजना गर्न लागेको रामलिला समिति बेलडाँडीले जानाएको छ ।

कार्तिक ११ गते देखि सुरु हुने भनिएको लिला विविध कारण बस एक दिन अगाडि १० गते शुक्रबार एक कार्यक्रमका साथ रामलिलाको उद्धघाटन हुने बेलडाँडी समितिले जनाएको । रामलिला कार्तिक २४ गते सम्म सञ्चालन हुने छ।

सामाजिक सद्भाव तथा भगवान् रामको चरित्रमा मञ्चन गर्न लागिएको रामलिला मञ्चनले सबैको भलो गर्ने विश्वास गरिएको छ। रात्री रामलिला मञ्चनको उद्देश्य समाजिक सद्भाव कायम गरि आदर्श समाज निर्माणमा टेवापुगोस् भन्ने उदेश्यका साथ आयोजना गरिन थालेको हो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार