बेलडाँडीमा रामलीला र देउडा रौनक

बेलडाँडी, १२ कार्तिक । बेलडाँडी गाउँपालिकामा यति बेला रात्रिकालिन समयमा रामलीला र देउडाको रौनक चलेको छ । दिनभरीको काम पश्च्यात थकान मार्न मनोरञ्जन संगै संस्कृतिको संरक्षणका लागि स्थानीयहरु देउडा र रामलीलामा सहभागि हुने गरेका छन् ।

बेलडाँडी गाउँपालिकाको बसपार्क मैदान स्थलमा संचालन भएको रामलीला महोत्सवको रौनक बढेको छ । बेलडाँडी गाउँपालिका–२ बेलडाँडी निर्माणाधिन बसपार्क मैदानमा संचालन भएको रामलिला महोत्सवमा रौनक बढ्न थालेको छ । मार्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जिवनीमा आधारित रामलीला महोत्सवमा पुरुषोत्तम बालबालिकादेखि बृद्धबृद्धासम्म झुमिन थालेका छन् । दोस्रो दिन देखि लीलामा दर्शकको संख्या बढ्न थालेको आयोजकले जनाएको छ ।


शुक्रवार देखि शुरु भएको रामलीला महोत्सवको दोस्रो दिनको प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष मर्यादा बिष्ट रहेका थिए । उहाँले सनातन धर्म संरक्षणका लागि बेलडाँडीमा आयोजित रामलीला कार्यक्रमलाई सम्बोधन गर्दै आ आफ्नो धर्म, संस्कार, संस्कृति र परम्परा जोगाउनलाई सबैजना जुट्न आग्रह गर्नुभयो ।

 

यस्तै हिजो ११ गते देखि बेलडाँडी गाउँपालिका वार्ड नं.५ मा आयोजित देउडा तथा सम्मान कार्यक्रमको उदघाटन बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले गर्नु भएको थियो । रानाले लोप हुन लागेको संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताए । उनले भने बेलडाँडीमा यति बेला धर्म संस्कृति जोगाउनका लागि विभिन्न कार्यक्रम भइरहेका छन् यसले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नु भयो ।

झिलमिलामा जारी देउडा तथा सम्मान कार्यक्रम आज समापन गरिने झिलमिला युवा समाजका सचिव दिपेन्द्र रोकायाले जानकारी गराउनु भयो । उहाँका अनुसार आज दिउसो देउडा र सम्मान कार्यक्रमको औपचारिक कार्यक्रम समापन गरेपनि आज राति समेत देउडा कार्यक्रम जारीनै रहने बताउनु भयो । उहाँले भने झिलमिला युवा समाजले संस्कृति संरक्षण संगै समाज रुपान्त्रणका क्षेत्रमा काम गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित