उपप्रधानमन्त्री खड्का र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाण्डौ :

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गर्नुभयो ।

आज आइतवार नै परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न मन्त्रालय पुग्नुभएको छ ।महासचिव गुटेरेसले आजै सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ ।

गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित