काठमाडौं :नेपाली सेनाले रसुवागढी जलविद्युत् आयोजनामा बाढीका कारण फसेका २३ जना कामदारहरूको सफलतापूर्वक उद्धार गरेको छ। नेपाल–चीन सिमानामा पर्ने लेन्डे खोला हुँदै भोटेकोसी नदीमा आएको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका–२ स्थित आयोजनामा फसेका ती कामदारलाई नेपाली सेनाको हेलिकप्टरमार्फत अन्य सुरक्षा निकाय र स्थानीयवासीको समन्वयमा सुरक्षित स्थानमा सारिएको हो।
यसबीच, सेनाले बाढी प्रभावित क्षेत्रमा थप उद्धार कार्य अघि बढाउँदै धादिङस्थित नं। ६ बाहिनी अड्डाबाट गल्छी–त्रिशुली क्षेत्रतर्फ तथा रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुवेशी इलाकातर्फ उद्धारका लागि थप फौज परिचालन गरिएको जानकारी दिएको छ।
सेनाले बाढीबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई प्राथमिकता दिँदै समन्वित प्रयास जारी राखेको छ।
ब्कप ऋजबतन्एत्





















Discussion about this post