बैतडी: जिल्लाको पुर्चौंडी नगरपालिका–५ दहतोली परगैरा घर भएकी १७ वर्षीया रश्मी बोहराको भीरबाट लडेर मृत्यु भएको छ ।
बुधवार बिहान घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहरा चिप्लिएर झण्डै ५० मिटर तल खसेकी थिइन् । घटनास्थलमै उनको ज्यान गएको भूमीराज माध्यमिक विद्यालय गहताडका निमित्त प्रधानाध्यापक अशोकबहादुर कुँवरले जानकारी दिनुभयो ।
कक्षा १० मा अध्ययनरत बोहरा अध्ययनमा अब्बल रहेको विद्यालय स्रोतले जनाएको छ ।
घटनापछि स्थानीयहरू शोकमा डुबेका छन् ।





















Discussion about this post