बेदकोट नगरपालिका लिजा नतिजामा कञ्चनपुरको उत्कृष्ट स्थानीय तह घोषित

कञ्चनपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) प्रतिवेदनमा कञ्चनपुरका नौवटै स्थानीय तह सहभागी भएका छन्। सो प्रतिवेदनअनुसार बेदकोट नगरपालिका ८३.२५ अंकसहित जिल्लामै उत्कृष्ट स्थानीय तह बनेको छ।

बेदकोटपछि बेलौरी नगरपालिका ८२.५०, भीमदत्त नगरपालिका ८१.२५, लालझाडी गाउँपालिका ८१.७५, पुनर्वास नगरपालिका ८१.००, बेलडाँडी गाउँपालिका ८१.७५, र शुक्लाफाँटा नगरपालिका ८०.०० अंक प्राप्त गरी उत्कृष्ट सूचिमा परेका छन्।

त्यस्तै, कृष्णपुर नगरपालिका ७३.२५ र दोधारा–चाँदनी नगरपालिका ७१.५० अंकसहित जिल्लाका अन्य स्थानीय तह बनेका छन्।

लिजा मूल्याङ्कनमा शासकीय प्रबन्ध, बजेट तथा योजना व्यवस्थापन, वित्तीय अनुशासन, सेवा प्रवाह, सामाजिक समावेशीकरण, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापनलगायत नौवटा सूचकका आधारमा अंक प्रदान गरिएको हो।

सरोकारवालाहरूका अनुसार यस नतिजाले कञ्चनपुरका स्थानीय तहहरूले संस्थागत क्षमता अभिवृद्धि, शैक्षिक सुधार, सेवा प्रवाह, पूर्वाधार विकास र सुशासनमा उल्लेख्य प्रगति गरेको प्रष्ट भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित