दीपेन्द्र ऐरीको रोयल्स र करण केसीको काठमाडौँ आज आमनेसामने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा आज बुधबार साँझ ४ बजे सुदूरपश्चिम रोयल्स र काठमाडौँ गोर्खाजबीच रोमाञ्चक भिडन्त हुँदैछ। पहिलो खेलमै उपाधि दाबी गर्ने दुवै टोलीको लक्ष्य भएकाले त्रिवि क्रिकेट मैदानमा हुने भिडन्त निकै प्रतिक्षित मानिएको छ।

पहिलो सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स यसपटक अझ सशक्त रूपमै मैदान उत्रिँदैछ। कप्तान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा रोयल्सले टोली समतुल्य र सन्तुलित बनाएको छ। विनोद भण्डारी, मिलन–अविनाश–दीपक बोहरा, हेमन्त धामी, ईशान पाण्डे जस्ता घरेलु स्टारसँगै जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन जस्ता अन्तर्राष्ट्रिय अनुभवी खेलाडीले सुदूरपश्चिमलाई थप धारिलो बनाएका छन्।
सुदूरको क्रिकेटमा देखिएको निरन्तर प्रगति र खेलप्रेमीहरूको उत्साहले पनि रोयल्सलाई आजको खेलमा विशेष ऊर्जा दिने अपेक्षा रहेको छ।

यसअघि सोमबार जनकपुरलाई ५ विकेटले पराजित गरिसकेको काठमाडौँ गोर्खाज आत्मविश्वाससहित मैदान उत्रनेछ। कप्तान करण केसीको नेतृत्वमा आदिल आलम, गेरहार्ड इरासमस, बेन चार्ल्सवर्थ, भीम सार्की, राशिद खान, जोन सिम्पसन, रिकार्डो भास्कोनसेलोसजस्ता खेलाडीले काठमाडौँलाई बलियो बनाएका छन्।

उपविजेता भएर पहिलो सिजनमै आफ्नो सम्भावना देखाइसकेको सुदूरपश्चिम रोयल्सले आजको खेललाई पुनः आफूलाई साबित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। रोयल्सका खेलाडीको फर्म, टोलीको ऊर्जा र सुदूरका समर्थकहरूको अथाह माया–सबैले गर्दा आजको खेल रोचक हुने निश्चित देखिन्छ।

दुवै टोली जितका लागि जुझारु देखिएका छन्। अब साँझ ४ बजे हुने मुकाबलाले एनपिएलको माहोललाई अझ तताउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित