समयमै सडक निर्माण नभएकै कारण दुर्घटना बढ्दो,दैजी-बेलडाँडी सडकखण्डमा सवारी दुर्घटना, एक गम्भीर घाइते

बेलडाँडी, माघ २६ – समयमै सडक निर्माण सम्पन्न नभएपछि कञ्चनपुरको दैजी-बेलडाँडी सडकखण्डमा दुर्घटनाको संख्या बढ्न थालेको छ। निर्माणाधीन अवस्थामै वर्षौं बितिसक्दा पनि सडकको दुरवस्था सुधार हुन नसकेपछि स्थानीयवासी आक्रोशित बनेका छन्।

शुक्रबार हुलाकी राजमार्गअन्तर्गत दैजी-बेलडाँडी सडकमा भएको दुर्घटनामा एकजना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार भारतीय नम्बर प्लेटको जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार यूके ०४ एजे ८०९२ नम्बरको भारतीय जिपले सुपप्र ०१-०११प-८३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भीमदत्त नगरपालिका–२ उल्टाखामका २४ वर्षीय महेश चौधरी गम्भीर घाइते भएका छन्। ठक्करपछि चौधरीको खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

दुर्घटना गराउने भारतीय जिपका चालक उद्यमशिलनगर खटिमा निवासी अमित महरा लाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
स्थानीयवासीले सडकको दुरवस्थाका कारण सवारी दुर्घटना दोहोरिइरहेको भन्दै निर्माण कम्पनीको लापरबाहीप्रति कडा असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार ०७३ सालमै ठेक्का लागेको भए पनि निर्माण कार्य सुस्त गतिमा हुँदा बाटो झनै बिग्रन थालेको छ।

सडक निर्माणमा ढिलाइ भएकै कारण वर्षाको समयमा बाटो हिलाम्मे हुन्छ भने हिउँदमा धुलो उडेर यात्रा कष्टकर हुने गरेको स्थानीयको गुनासो छ। सडक निर्माण प्रक्रिया छिटो पूरा गर्न माग गर्दै स्थानीयले सम्बन्धित निकायलाई दवाब दिनुपर्ने आवश्यकता रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित