कञ्चनपुर , कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा जङ्गली च्याउ खाँदा आमा–छोरी गम्भीर बिरामी परेका छन्। देवा देवी चौधरी र उनकी १८ वर्षीया छोरी सङ्गीता चौधरी च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
उनीहरूले जङ्गलबाट ल्याइएको च्याउ पकाई खाएको केहीबेरमै स्वास्थ्यमा समस्या देखिएको थियो। अहिले दुबैजनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
विषालु च्याउ खाँदा वर्षेनी नेपालमा मृत्यु हुने वा गम्भीर बिरामी हुने घटनाहरू भइरहने गरेका छन्। यस्ता च्याउहरू बारे जनचेतना नहुँदा ग्रामीण क्षेत्रमा जोखिम बढिरहेको छ। प्रहरीले जङ्गली च्याउ सेवन गर्नुअघि सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।



















Discussion about this post