प्याराताल संरक्षणका लागि पत्रकार महासंघको भव्य बैठक, ११ बुँदे निर्णय सार्वजनिक

पुनर्वास, कञ्चनपुर । लामो समयदेखि बेवास्तामा परेको कञ्चनपुरको प्याराताल संरक्षणका लागि नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले तालको किनारमै एक भव्य बैठक सम्पन्न गरेको छ। पुनर्वास नगरपालिका–९ मा अवस्थित प्यारातालको प्रवद्र्धन र विकासका लागि आयोजित बैठकले ११ बुँदे महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको हो।

पत्रकार दिपेन्द्र बस्नेतको नेतृत्वमा सञ्चालित जागरण अभियानले तालप्रति जनचासो बढाउँदै स्थानीय समाजसेवीहरूको ऐक्यबद्धता समेत जुटाएको छ। यसले प्याराताललाई स्थानीय र प्रदेश सरकारको प्राथमिकतामा पर्न सफल बनाएको छ।

शुक्रबार सम्पन्न पत्रकार महासंघको बैठकले निम्न बमोजिमका निर्णयहरू गरेको छः

१. कञ्चनपुरका ९ वटै पालिकालाई स्थानीय सञ्चार माध्यमहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न स्थानीय सञ्चार नीति तयार गरी कार्यान्वयन गर्न अनुरोध।
२. लोककल्याणकारी विज्ञापन तथा सूचना प्रसारण, प्रकाशन र वितरणका लागि आवश्यक कानुनी संरचना निर्माण गर्न आग्रह।
३. सबै पालिका तथा सार्वजनिक निकायलाई महत्वपूर्ण सूचना र जानकारी स्वप्रकाशन गर्न अनिवार्य व्यवस्था गर्न अनुरोध।
४. सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गरी स्थानीय तहका गतिविधि नियमितरूपमा प्रकाशन–प्रसारण गर्न समन्वय गर्न सुझाव।
५. सञ्चार शीर्षक अन्तर्गतको बजेटलाई पारदर्शी, मितव्ययी र समानान्तर ढंगले वितरण गर्न सिफारिस।
६. बजेटमा समेटिएका योजनाका विषयमा आम नगरवासीलाई जानकारी दिन सञ्चारमाध्यमको प्रयोग गर्न जोड।
७. सञ्चारकर्मीहरूलाई आचारसंहिताको पालनासँगै जनचासो, जनसरोकार र जनगुनासोलाई सशक्तरूपमा उठान गर्न अनुरोध।
८. स्थानीय तह, वडा कार्यालय, सरकारी तथा गैरसरकारी संस्थाहरूसँग संस्थागत सहकार्य र समन्वय गर्न महासंघले आग्रह।
९. प्यारातालको पर्यटन प्रवर्द्धन, प्रचार–प्रसार तथा विकासका लागि बजेट सुनिश्चित गर्न स्थानीय, प्रदेश र संघ सरकारलाई अनुरोध।
१०. पुनर्वासदेखि उत्तर–पश्चिमी क्षेत्रसम्म देखिएको नेपाल–भारत सीमा विवाद र अतिक्रमणका विषयमा गम्भीर भई कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह।
११. बैठकमा सहभागिता जनाउने र सफल बनाउन सहयोग गर्ने सबैप्रति महासंघको हार्दिक धन्यवाद व्यक्त।

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले प्यारातालसहित कञ्चनपुरका अन्य पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार तथा प्रवर्द्धनमा सदैव सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि बैठकमार्फत स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित