कैलालीमा १३ वर्षीया किशोरीमाथि बलात्कारको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

 कैलाली :कैलालीमा  १३ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ परेका छन्। जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका–४ मौरनिया बस्ने रामकृष्ण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

पीडित किशोरीले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित