कैलालीको बर्दगोरियास्थित रेस्टुरेन्टमा १७ वर्षीया किशोरीको हत्या, प्रेम सम्बन्धमा दरारले लियो ज्यान

कैलाली, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियास्थित ‘राजधानी सेकुवा एण्ड मस्म सेन्टर’ मा कार्यरत १७ वर्षीया याचना सेजवालको रेस्टुरेन्टमै चक्कु प्रहार गरी हत्या गरिएको छ। शनिबार बिहान करिब १० बजे रेस्टुरेन्टमा कार्यरत अर्का कर्मचारी नृप साउदले धारिलो हतियार प्रयोग गरी उनको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार ३३ वर्षीय साउद किचेन विभागमा कार्यरत थिए भने याचना केही समयअघि मात्रै उक्त रेस्टुरेन्टमा काम गर्न थालेकी थिइन्। उनीहरूबीच सुरुमा मैत्रीपूर्ण सम्बन्ध रहेको र पछि सम्बन्ध प्रेममा परिणत भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरी स्रोतका अनुसार डिभोर्स भइसकेका साउद पछिल्ला दिनमा याचनासँगको सम्बन्धलाई लिएर निकै संलग्न भएका थिए। शुक्रबार राति उनीहरू सँगै भाग्ने सहमतिमा पुगे पनि याचनाले अन्तिम समयमा पछि हटेपछि साउद आक्रोशित बनेका थिए।

शनिबार बिहानको ड्युटीका क्रममा, रिसले आक्रान्त साउदले रेस्टुरेन्टमै याचनामाथि चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते याचनालाई तत्काल निसर्ग अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको थियो।

घटनापछि प्रहरीले नृप साउदलाई तत्काल घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धमा आएको दरारका कारण हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक याचनाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा छ। यतिबेला प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ। याचनाको असामयिक मृत्युले परिवार र समुदायमा गहिरो पीडा र शोक छाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित