जेनजी प्रदर्शनमा ज्यान गुमाएका प्रहरी परिवारलाई दश लाख सहयोग

काठमाडौँ: गत सोमबार र मंगलबार जेनजीले गरेका प्रदर्शनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई दश–दश लाख रुपैयाँ सहयोग दिइने भएको छ ।

प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मका सबै कर्मचारीको तलब कट्टा गरेर उक्त रकम मृतक प्रहरीका परिवारलाई उपलब्ध गराइनेछ ।

प्रहरी संगठनले यसलाई आफ्नो सहकर्मीप्रति ऐक्यबद्धता र परिवारप्रति जिम्मेवारीका रूपमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित