कञ्चनपुर । पोखरी कटेजमा कार्तिक १९ गते “बृहत् सांस्कृतिक साँझ–२०८२” आयोजना हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै आयोजक राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशले कार्यक्रमको विस्तृत रूपरेखा सार्वजनिक गरेको हो ।
कार्यक्रम साझ ८ बजे सम्म चल्नेछ भने कार्यक्रममा स्थानीय कलाकारहरूलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । सांस्कृतिक साँझमा विभिन्न गीत–संगीत, नृत्य र मनोरञ्जनात्मक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
प्रवेश शुल्क साधारण दर्शकका लागि रु. १०० तोकिएको छ भने विद्यार्थीहरूले आधा टिकटमा प्रवेश पाउनेछन् । आयोजक समितिले सबैलाई कार्यक्रममा उपस्थित भई स्थानीय कलाकारलाई उत्साह र समर्थन प्रदान गर्न आग्रह गरेको छ ।





















Discussion about this post