वन्यजन्तुको बढ्दो मुभमेन्टले दक्षिणी कञ्चनपुरका सडकमा यात्रा जोखिमपूर्ण

कल्पना साउद/कञ्चनपुर । सुदूरपश्चिम तराईको सुगम जिल्ला कञ्चनपुरमा जंगली जनावरको आतङ्क बढिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर दैजी-बेलडाँडी हुलाकी सडक, बेलौरी-कलुवापुर सडकखण्डमा समेत बन्यजन्तुकोे मुभमेन्ट बढिरहेको छ ।

जिल्लाको दक्षिण क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडी जोड्ने यि दुई मुख्य सडक मार्गमा समेत बन्यजन्तुकोे मुभमेन्ट बढिरहेको हो । हुलाकी राजमार्ग अन्र्तरगत दैजी–बेलडाँडी सडक झाँडीले गुफा टर्नेल जस्तै भएकाले सडकमा दिउँसै ठुला जनावरहरुको मुभमेन्ट बढिरहेको छ । तर, झाँडी मात्रै पनि सफाईका लागि तीनै सरकार अग्रसर भएका छैनन, एकले अर्कोलाई देखाउने मात्रै काम गरिरहेका छन, यता नागरिक जोखिममा परेका प¥रैछन । सडक छेउछाउको झाँडी सफाई गर्नका लागि निकुञ्जले सिँचाई, सिँचाईले पालिकालाई देखाउँदै आएको छ ।

जंगलभित्र भएर बस्ती जोड्ने सडक क्षेत्रमा जनावरको गतिबिधी बढ्नु स्वभाविक भएपनि सडकको क्षेत्रफलमा रहेका स–साना बोट बिरुवा अहिले ठुल ठुला भएकाले वन्यजन्तुले यात्रुमाथि सहजै आक्र्रमण गर्न सक्ने अवस्था भएको छ ।

प्रदेश सरकार मातहत रहेको कलुवापुर–बेलौरी सडकण्ड झण्डै १४ र संघीय सरकार मातहत रहेको बेलडाँडी—दैजीखण्ड झण्डै १५ किलोमिटर सडक जगलको क्षेत्र पर्छ । ०५१ सालतिर निर्माण भएको महाकाली सिँचाई दोस्रो चरणकै नहरमा ०७३ सालदेखि हुलाकी सडकको स्वामित्वमा रहेको सडक छेउछाउमा झाँडी भरिभराउले सडकमा पुगेको वन्यजन्तु मुखनिरै पुगेपछि मात्रै देखिन्छ ।

१२असोज(सोमबार) बेलौरीको कलकत्ता जनज्योती माविका प्रद्यानाध्यापक समेत रहेका टेकराज अवस्थीले सडक छेउमै पाटे बाघ देखे । बेलौरीदेखि महेन्द्रनगर आउँदै गरेका कारमा सवार अवस्थीले बाघले मुखमै मृग शिकार गरेर ढुकेको देखेका थिए । अवस्थीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘आज विहान गाडिमा महेन्द्रनगर गइरहेको वेला कालिकिच क्याम्पबाट लगभग दुई किलोमिटर टाढा एउटा अन्यन्तै ठूलो पाटेबाघ एउटा मृग मुखमा च्यापेर मेरो गाडि देखेर उभियो मेराखुट्टाले एक्कासी ब्रेक लगायो उ रूकेपछि म हिंडे बिस्तारै हिडेर जानथाल्यो मेरो पछाडि आइरहेको पल्सर बाइक झण्डै उ संग ठोकिन बाट जोगियो वहाँले ब्रेक लगाएर उसको पछाडिबाट क्रस गरेर शुरक्षित जानुभयो, बाघले कुनै प्रतिक्रिया जनाएन सायद मृग मुखमा च्यापेकोले होला । यो गाडिको अगाडिको ४८ क्यामरामा कैद भएको छ । सबै सुरक्षित भएर हिड्नुहोला ।’

उता कलुवापुर–बेलौरी सडकखण्डमा ठेक्का भएपनि निकुञ्जकै अवरोधले कालागौडीदेखि चान्देवसम्म झण्डै ६किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन । स्थानीय यात्रुहरुले जंगलभित्र मात्रै नभई गाँउबस्ती, खेतबारीमा समेत आउन थालेका बन्यजन्तुले दैजी–बेलडाँडी र बेलौरी–कलुवापुर सडक छेउछाउमा आउनु स्वभाविक भएको बताएका छन । तर, बन्यजन्तुको सहस्थित्व स्वीकार गर्दै मानविय सुरक्षाका लागि समेत तीनै तहका सरकारले योजना ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन ।

बेलडाँडीका स्थानीय मदन खत्रीले दैजी बेलडाँडी र बेलौरी कलुवापुर सडक यात्रुलाई जोखिम भएको बताए । ‘सडककै दुवैतर्फ लटरम्म बिरुवा उम्रीएका छन, ‘छेउमै रहेको जनावर पनि देखिदैन, ‘उनले भने, ‘एक्कासी सडक क्रस गर्दा दुर्घटना हुने गरेको छ ।’ विगतका बर्षहरुमा पनि बदेल, चित्तल लगायतका जनावरले सडक क्रस गर्ने क्रममा मानिस घाईते भएको बताए । ‘दुवै सडकमा अहिलेसम्म ठुला जनावर बाघ, हात्ती, गैडाले मानिसमाथि आक्र्रमण नै गरिहालेको छैन, ‘उनले भने, ‘स–साना जनावरले सडक क्रस गर्ने क्रममा मानिस घाईते भएका छन, मृत्युको मुखबाट बाँचेका पनि छन ।’ सडक छेउछाउमा रहेका झाँडी सफाई गर्नुपर्ने उनको सुझाव छ । सडक दायाँबाया रहेको झाँडी सफाई गर्दा यात्रुलाई टाढादेखि नै जनावर सहजै देखिने भएकाले सजक हुने बताए ।

बेलौरीका स्थानीय युवा केशव विष्टले वर्तमान अवस्थामा जिल्लाभरी बन्यजन्तुको आक्रमण बढिरहेका बेला बेलौरी–कलुवापुर र बेलडाँडी–दैजी सडकमा यात्रा गर्न जोखिम रहेको बताए । उक्त दुवै सडकमा यात्रु सबै जोखिम रहेको बताउँदै सबैभन्दा साईकल, मोटरसाईकल यात्रु जोखिममा पर्दै आएको बताए । ‘सडक छेउमै झाँडी छ, झाँडीबाट जनावर सडकमा आएको थाहै हुदैन, ‘उनले भने, ‘यसरी हामी यात्रु जोखिममा परेका छौँ ।’ एकातिर सडकको मुद्दा मात्रै लिएर चुनावमा जाने प्रवृति अर्कातिर जनावरको मुभमेन्टले यात्रु जोखिममा परेको उनको भनाई छ ।

सडक छेउछाउमा रहेका झाँडी सफाई गर्दा समेत ठुलो जोखिम घट्ने उनको सुझाव छ । पुनर्वासका खप्रलाल तामाङ्गले सडक बनाउन बुका गफ दिने नेताहरु चुनाव जितेपछि गुमनाम हुने गरेको बताए । उनले चुनावका बेलामा मात्रै बेलौरी–कलुवापुर र बेलडाँडी दैजी सडक खण्डको ठुलठुला चिल्ला गफ दिने नेताहरु चुनाव जितेपछि जनताको समस्यामा चासो समेत नदिने गरेको बताए ।

‘दुवै सडकको छेउमै झाँडी छ, त्यही झाडीमा यात्रुको काल लुगेर बसेको हुन्छ, फुत्त बाहिर निस्किदा मोटरसाईकल दुर्घटना हुन्छ, यात्रु त्यही ढल्छ, ‘उनले भने, ‘मानिस मरेपछि लासमाथि राजनीति गर्ने दल, तिनका नेताहरुबाट के आस गर्नु छ ।’ जनताको लागि चिन्ता भए त, अहिलेसम्म सडक नै निर्माण हुनसक्ने बताउँदै सडक कालोपत्रे भएर छेउछाउको झाडी पनि सफाई हुने बताए ।

लालझाडीका स्थानीय प्रवेसराम रानाले वन्यजन्तुको मुभमेन्टले बेलौरी–कलुवापुर र बेलडाँडी दैजी भएर यात्रा गर्न जोखिम रहेको बताए । उनले जिल्ला सदरमुकाम महेन्द्रनगर आउन जान विचमा जंगलको सडक भएर प्रयोग गर्दा वन्यजन्तुको जोखिम बढ्दा बाध्य भएर ज्यान जोखिममा पार्नुपर्ने नभए घुमाउरो सडक भएर आउनुपर्ने बताए । ‘चुनावका बेला दलका नेताहरुले दुवै सडक बनाउँछु भनेर भोट माग्छन, ‘उनले भने, ‘भोट मागेर जितेपछि वास्ता गर्दैनन, जसका कारण एकातिर कच्ची सडक अर्कातिर वन्यजन्तुको आक्र्रमणको जोखिम निम्तिएको बताए । ‘सडक छेउछाउमा रहेको झाडी पनि सफाई गर्दैनन, ‘के यि नेता र कर्मचारीलाई जनताको सुरक्षाको चिन्ता छ ।’

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशीले जनावर गाँउबस्ती आउने भएको बताए । उनले अव मानव–बन्यजन्तुको सह अस्थित्वका कार्यक्रम गर्नुपर्ने र दुवै सडकमा वन्यजन्तुमैत्री सरचना बनाएर वन्यजन्तु आवजाउका लागि वातावरण बनाउनुपर्ने बताए । दुवै सडक छेउछाउ सफाईदेखि यात्रु सुरक्षा अभिमुखिकरण कार्यक्रममा सुझाव दिए ।

‘ठुला जनावर जस्तै हात्ती, बाघ, गैडा सडक क्रसका क्रममा रोक्नुपर्ने, उनीहरुको बानी पहिचान गर्नुपर्ने र सोही अनुरुप अघि बढ्नुपर्छ, ‘उनले भने, ‘अब बन्यजन्तु र मानिसविच पनि दुवैले एक अर्काप्रति परिचित भईसके, सहअस्थित्वको भावनाले मानिसले आफ्ना व्यवहार अघि बढाउनुपर्छ ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक सरक्षण प्रमुख अधिकृत चन्द्र शेखर चौधरीले सडक छेउछाउको झाँडी सिँचाई र पालिकाले हटाउनुपर्ने बताए । उनले जंगलमा बन्यजन्तुको स्वभाविक मुभमेन्ट हुने गरेको बताए । उनले दुवै सडक जंगलभित्र भएर गाँउ पस्ने भएकाले यात्रुले सचेत हुनुपर्ने बताए । ‘झाँडी सफाई गर्ने हामीसंग बजेट छैन, ‘उनले भने, पालिका सहित सम्बन्धीत सडक, सिँचाईले गर्दा पनि हुन्छ ।’ महाकाली सिँचाई व्यवस्थापन कार्यालय कञ्चनपुरका प्रमुख प्रमोद तिम्लिसीनाले सिँचाई नहर सडकको झाँडी सफाई गर्ने बताए । उनले गत बर्ष गरेको फेरीपनि गर्ने बताए ।

दक्षिणी क्षेत्रका स्थानीय सरकार बेलडाँडी, बेलौरी पुनर्वास र लालझाडी स्थानीय सरकारले जनता सुरक्षाका कार्यक्रम गर्नुपर्ने जोडदिएका छन । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले दैजी बेलडाँडी सडकखण्डको झाँडी सफाईका लागि योजना बनिरहेको बताए । उनले यात्राका दौरानमा यात्रुको सुरक्षाका लागि सडकको दुवैतर्फ झाँडी सफाई गरिने बताए । निकुञ्जसंग समन्वय गरेर छिट्टै सडक छेउछाउको झाँडी सफाई गरेर यात्रुलाई ढुक्क भएर सहज विश्वनिय भएर यात्रा गर्ने वातावरण बनाउने उनले बताए ।

बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले बेलौरी–कलुवापुर सडक छेउछाउका झाडी सफाईका लागि पालिकाबाट योजना ल्याउने बताए । मेयर चौधरीले निकुञ्ज सहित वनसंग समन्वय गरेर बेलौरी सडक स्तरोन्नतीदेखिका वन्यजन्तुको मुभमेन्टलाई मध्य नजर गर्दै नागरिक सुरक्षाका कार्यक्रम ल्याउने बताए । जनताकै लागि भनेर गठन गरिएका मुलुकमा तीन सरकार छन ।

जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक स्तरोन्नती गर्न नसकेपनि समान्य सडक छेउछाउमा रहेका झाडी सफाई गर्न पनि एकले अर्काको मुख ताक्ने प्रवृति हावि भएकाले नागरिक ज्यान गुमाउने अवस्थामा पुग्दा समेत सरकार गम्भिर भएको भन्दै नागरिक स्तरबाट आलोचना एव गुनासो बढिरहेको छ । सडक छेउमा भएको झाँडी मात्रै सफाई गरिदिन नागरिकको यो याचनामा तीनै सरकार उदाशिन छन, पछि घटना भए गोहीका जस्ता आँशु देखाउँनुको कुनै औचित्य नहुने नागरिकको भनाई छ । यसलाई मिठो सम्पादित समाचार बनाउनु पर्ने

यहाँ छुनुहोस् बाघले शिकार यसरी लिदै थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित