काठमाडौं :आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ।
अघिल्लो साता शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो। यसअघि असोज ३१ गते सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च दर मानिन्छ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। असोज ३१ गते चाँदीको मूल्यले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको थियो।महासंघका अनुसार पछिल्लो साता सुन–चाँदी बजारमा ठूलो उतारचढाव देखिएको छैन र हाल बजार स्थिर अवस्थामै रहेको छ।






















Discussion about this post