एन्फा यू–१४ छनोट : सरस्वती मावि झरनासागरको अपराजित यात्रा, क्वाटरफाइनलमा प्रवेश

विकास महता/बेलडाँडी । एन्फा यू–१४ छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत बेलडाँडी क्षेत्र छनोट शनिबार सम्पन्न भएको छ। बेलडाँडी गाउँपालिका-१, गौरा महेश्वरी मन्दिर नजिकै रहेको अल-स्टार खेल मैदानमा सम्पन्न छनोट प्रतियोगितामा सरस्वती मावि झरनासागर शानदार प्रदर्शन गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो।

कञ्चनपुर जिल्ला फुटबल संघको आयोजना तथा अल-स्टार युवा क्लबको समन्वयमा सम्पन्न प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको थियो।

लिग आधारमा भएका पहिलो चरणका पाँचै खेल जित्दै सरस्वती मावि झरनासागरले १५ अंक सहित शिर्ष स्थान हात पारेको छ। छोटो उमेरमै देखाएको उनीहरूका खेलकौशल र टिमवर्कले मैदानमा उपस्थित दर्शकहरूलाई समेत मोहित बनायो।

यो वर्ष बेलडाँडी गाउँपालिकाका ६ विद्यालय प्रतियोगितामा सहभागी रहेका थिए। तीमध्ये सरस्वती माविले प्रस्तुत गरेको धैर्य, अनुशासन र जितको आत्मविश्वासले उनीहरूलाई दोस्रो चरणमा उर्फ क्वाटरफाइनलमा प्रवेश गराएको हो।

छनोट जितसँँगै सरस्वती माविको टिम भोलि आइतबार बिहान कृष्णपुरको मछेली खेलमैदानमा क्वाटरफाइनल खेल खेल्ने छ । प्रतियोगिताका प्रमुख अतिथि रहेका बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले खेलकुदले साना खेलाडीहरूको आत्मविश्वास, क्षमताविकास र भविष्य निर्माणमा ठूलो भूमिका खेल्ने बताउनुभयो। “१४ वर्षभित्रका बालक-बालिकाले यस्तो जोश, ऊर्जा र खेलक्षमता देखाउनु नै बेलडाँडीको गौरव हो ।,”

सरस्वती झरनासागर टिम छनोटपछि विद्यालय समुदाय, अभिभावक, शिक्षक तथा जनप्रतिनिधिलगायत सबैले टिमलाई अग्रिम शुभकामना दिँदै भोलिको खेलमा पनि बेलडाँडीको नाम झनै उचो बनाइदिने विश्वास व्यक्त गरेका छन्।

साना खेलाडीहरूका मेहनत, समर्पण र खेलप्रति झिल्किएको चमकले “बेलडाँडीको नयाँ पुस्ता खेलकुदमा चम्किने सम्भावना झन् उज्यालो भएको” सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित