काठमाडौँ : नेपाली बजारमा आज सुन–चाँदी दुवैको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिनमा तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो। आइतबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ४४ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ।
गएको शुक्रबार सोही सुन २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आएका उतार–चढाव तथा स्थानीय बजारको माग–आपूर्ति प्रभावले मूल्य बढेको महासंघको भनाइ छ।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १३५ रुपैयाँ पुगेको छ। शुक्रबार प्रतितोला ३ हजार १०० रुपैयाँमा किनबेच भइरहेको चाँदी आज पुनः उकालो लागेको व्यापारीहरूले बताएका छन्।
लगातार केही दिनयता अन्तर्राष्ट्रिय बजारमै अस्थिरता बढिरहेकाले नेपाली बजारमा पनि सुन–चाँदीको दरमा उल्लेखनीय चहलपहल देखिएको व्यवसायीहरूको विश्लेषण छ।





















Discussion about this post