बेलडाँडीमा लागूपदार्थ नियन्त्रणको सशक्त सन्देशसहित आज देखि दुई दिनका लागि सडक नाटक शुरु

बेलडाँडी । समावेशी गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत कञ्चन सामुदायिक विकास केन्द्रद्धारा बेलडाँडीका विभिन्न चोक-चौराहाहरूमा सडक नाटक कार्यक्रम शुरु गरिएको छ । “हाम्रो संकल्प : लागूपदार्थमुक्त भविष्य” भन्ने मूल नारासहित आज र भोली गरिने नाटकले युवापुस्तामा बढ्दो कुलत प्रवृत्तिप्रति चेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ।

केन्द्रका अनुसार वर्तमान समयमा युवाहरू दुव्र्यसनतर्फ आक्रसित भइरहेको चिन्ताजनक अवस्थालाई मध्यनजर गर्दै जनजागरणमूलक अभियान स्वरूप सडक नाटक प्रस्तुत गरिएको हो। नाटकमार्फत लागूपदार्थको दुष्प्रभाव, परिवार र समाजमा पर्ने असर, र दुव्र्यसनबाट कसरी उम्किन सकिन्छ भन्ने व्यावहारिक सन्देश प्रभावकारी रूपमा प्रस्तुत गरिदै छ।

गाउँपालिकाको सक्रिय समन्वयमा सम्पन्न उक्त कार्यक्रमलाई स्थानीयबासी तथा सर्वसाधारणले स्वागत गरेका थिए। नाटक हेर्ने धेरैले समुदायभित्र सकारात्मक संदेश फैलिएको तथा यस्तो कार्यक्रमले युवाहरूलाई सचेत बनाउन प्रत्यक्ष प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। सडक नाटकले समाजमा सचेतना, सहभागिता र जिम्मेवारीबोध जगाएको कञ्चन सामुदायिक विकास केन्द्रले जनाएको छ। नाटक भोलि पनि हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित