केशव थापा/कञ्चनपुर । कञ्चनपुरका एक पुर्व विद्यार्थी नेता एव कानुन व्यवसायी(अधिवक्ता)ले जन्मदिनको अवसरमा विपद जोखिम क्षेत्रका विद्यार्थीलाई छात्रबृति प्रदान गरेका छन ।
पुर्व विद्यार्थी नेता एव अधिवक्ता किशोर भट्टले आफ्नो जन्मदिनको अवसरमा यस पटक जिल्लाको दक्षिणी भेग बेलडाँडी विपद् प्रभावित क्षेत्रका विद्यार्थीलाई छात्रबृति प्रदान गरेका हुन ।
हरेक बर्ष आफ्नो जन्मदिनको अवसरमा समाजिक काम गर्दै आएका पुर्व विद्यार्थी नेता भट्टले यस बर्ष ०८३ मा जिल्लाको दुर्गम ग्रामिण भेगका झर्नाखोलाको वाढी, कटानको जोखिममा रहेका विद्यार्थीलाई सहयोग गरेका छन ।
हाल काठमाण्डौँ बस्दै आएका अधिवक्ता एव युवा उद्यमी भट्टले बेलडाँडी १ झर्नासागर विपद जोखिम प्रभावित क्षेत्रका विद्यार्थीलाई शैक्षिक समाग्री खरिदका लागि नगद छात्रबृति अर्थात आर्थिक सहयोग गरेका हुन ।
नेपाली कम्युनिष्ट पाटी(नेकपा)का नेता एव अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व नेता समेत रहेका भट्टले विद्यार्थीलाई विपद् जोखिमका बेला आ–आफ्नो हिसाबले कापि, कलम, डटपेन सहितका शैक्षिक समाग्री अभाव हुने भएकाले आवश्यक परेका बेला आफ्नो हिसाबले सहजै खरिद गर्न सक्ने वातावरणका लागि नगद सहयोग गरेको जनाएका छन ।
झर्नाखोला विपद् प्रभावित क्षेत्रका आर्थिक रुपमा विपन्न, गरिब, दलित, आदिवासी जनजाती, थारु, अपाङ्गता, जेहेन्दार छात्राहरुलाई एक हजार एक सयका दरले सहयोग गरिएको होे ।
बेलडाँडी गाँउपालिका १का वडासदस्य श्याम बहादुर रावल, नेपाल पत्रकार महासंघ कञ्चनपुरका कोषाध्यक्ष मोहन विष्ट, पत्रकार महासंघकै सदस्य विकास सिह महता, पत्रकार केशव थापा, अभिभावक सहितका सरोकारवालाको उपस्थितिमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रबृति वितरण गरिएको छ ।
पुर्व विद्यार्थी नेता, अधिवक्ता, युवा उद्यमी किशोर भट्टले गत विगतका बर्षहरुमा गर्दै आएको समाजिक कामलाई यस बर्षपनि निरन्तरता दिएको बताए । भट्टले आफ्नो खुसियालीमा समान्य सानो सहयोग गरेको र आगामी दिनमा पनि गर्दै जाने प्रतिबद्धता जाहेर गरेका छन ।
उनले आफु विद्यार्थी नेता भएकाले आम विद्यार्थीका समस्या उस्तै हुने भएकाले अधिकाँस समाजिक काम विद्यार्थीमै गर्दै आएको बताए ।
अखिल क्रान्तिकारी कञ्चनपुर क्षेत्र १को इन्चार्ज हुँदा पटक पटक क्षेत्र, भूगोलका विद्यार्थीको हकहितका लागि राजनैतिक रुपमा कामकाज गर्दै आएको त्यहाँका विद्यार्थीका विवित समस्या देखेर यस पटक सक्दो सकारात्मक सन्देशका लागि उक्त कार्यक्रम मार्फत केही विद्यार्थी समेटेको उनले बताए ।
छात्रबृति पाएका विद्यार्थी, उनका अभिभावक, शिक्षक, समाजिक अगुवादेखिका सरोकारवालाले मनकारी समाजसेवा गरेका पुर्व विद्यार्थी नेता किशोर भट्टप्रति हार्दिक आभार प्रकट गरेका छन ।
बेलडाँडी गाँउपालिका १का वडा सदस्य श्याम बहादुर रावलले आफ्नो स्थायी निवास भीमदत्त नगरपालिका २महेन्द्रनगर हाल बस्ने काठमाण्डौँ हुँदाहुँदैपनि आफु पुर्व विद्यार्थी नेता भएकाले विद्यार्थीका दैनिक शैक्षिक समस्या बुझेर गरेको आर्थिक सहयोगले विपन्न समुदायका विद्यार्थीको लागि टेवा पुगेको बताए ।
सदस्य रावलले मनकारी पुर्व विद्यार्थी नेता भट्टबाट प्राप्त सहयोग सदुपयोग गर्दै आफ्नो पढाईप्रति ध्यान दिनुपर्नेमा जोडदिएका छन ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका कोषाध्यक्ष मोहन विष्टले पुर्व विद्यार्थी नेता किशोर भट्टले विगतमा विद्यार्थी नेता हुँदा विद्यार्थीकै हकहितका लागि निरन्तर संघर्ष गर्दै आएको र अहिले पनि आफु कानुनदेखि युवा उद्यमी व्यवसायमा हुँदा समेत विद्यार्थीको हकहितका लागि निरन्तर समाजिक कामले विपन्न जेहेन्दार विद्यार्थीको पढाईमा टेवा पुगेको बताए ।
०७२को भुकम्प, त्यसपछि ०७६देखि ०७८सम्म कोरोना महाकारीदेखिका हरेक संघर्षका कालकाण्डमा पुर्व विद्यार्थी नेता भट्टले कञ्चनपुरका विभिन्न क्षेत्रमा समाजिक काम गर्दै आएका छन । उनले आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च भन्दा समाजिक काममा खर्च लगाउने भएपछि नागरिक समाजले समेतले प्रसंसा गरेका छन ।


















Discussion about this post