कञ्चनपुर । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर१ मा बिहीबार भइरहेको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। दिउँसो २:०० बजेसम्म यस क्षेत्रमा कुल ४९ हजार ५४२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
जसमध्ये महिला २६ हजार ७९७ र पुरुष २२ हजार ७४५ मतदाता मतदानमा सहभागी भएका छन्। बिहान ७ बजेबाट सुरु भएको मतदान विभिन्न मतदान केन्द्रमा शान्त वातावरणमा सञ्चालन भइरहेको छ।
यस क्षेत्रमा कुल १ लाख १ हजार ७२४ मतदाता रहेका छन्। प्रतिनिधिसभा सदस्यका लागि यहाँबाट १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये ४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने १५ जना विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका छन्।
मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका तर्फबाट २०७९ सालको निर्वाचनमा विजयी भएका तारालामा तामाङ, नेपाल कम्युनिस्ट पार्टीकी बिना मगर, नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्याय तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जनक सिंह धामी लगायतका उम्मेदवार रहेका छन्।
मतदानको प्रारम्भिक चरणदेखि नै मतदाताको उत्साहजनक सहभागिता देखिएको छ भने सुरक्षा व्यवस्थासमेत कडा बनाइएको निर्वाचन अधिकारीहरूले बताएका छन्।





















Discussion about this post