कञ्चनपुर । मानवता, निष्पक्षता र स्वयंसेवाको मूल मन्त्र बोकेको परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले जिल्लाभरका स्थानीय तहमा तदर्थ समिति गठन गरेको छ। शनिबार बसेको जिल्ला समितिको बैठकले ९ वटै पालिकामा संयोजक, सचिव, कोषाध्यक्षसहित ७ सदस्यीय तदर्थ समिति गठन गरी नाम सार्वजनिक गरेको हो।
जिल्ला शाखाका अनुसार नवगठित समितिहरूले स्थानीय तहमा रेडक्रसका मानवीय सेवा, विपद् व्यवस्थापन, रक्तदान, स्वास्थ्य तथा सामाजिक सेवा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
बेलडाँडी गाउँपालिकामा पवन कुमार जोशीको संयोजकत्वमा, हर्कदेव जोशी सचिव, क्षितिज भट्ट कोषाध्यक्ष तथा कमला गुर्धामी धामी, कमला माली (साउद), सुरेन्द्र बहादुर सिंह र नरेन्द्र रोकाया सदस्य रहेका छन्।
भीमदत्त नगरपालिकामा डा. भोजराज पन्तको संयोजकत्वमा भवानी प्रसाद पन्त सचिव, सरिता राना कोषाध्यक्ष तथा डम्बर सिंह बिष्ट, प्रेम प्रकाश जोशी, गीता कुमारी अवस्थी उप्रेती र सविना केसी भण्डारी सदस्य चयन भएका छन्।
बेदकोट नगरपालिकामा शंकर दत्त जोशी संयोजक, राकेश बहादुर चन्द सचिव, पूर्णकला पौडेल कोषाध्यक्ष तथा धर्वराज अवस्थी, दिपेन्द्र देउवा, बिन्देश्वरी चन्द र सरस्वती गिरी सदस्य रहेका छन्।
शुक्लाफाँटा नगरपालिकामा लोकराज जोशी संयोजक, नवराज पन्त सचिव, धनेश्वरी भट्ट पन्त कोषाध्यक्ष तथा पुष्पराज भट्ट, वीरसिंह धामी, टेकबहादुर हमाल र भुमा चन्द सदस्य चयन भएका छन्।
कृष्णपुर नगरपालिकामा लक्ष्मण बहादुर कार्की संयोजक, सुभाषचन्द्र पन्त सचिव, लक्ष्मी खडका कोषाध्यक्ष तथा टेकराज भट्ट र हेमा चन्द सदस्य रहेका छन् भने थप दुई सदस्य मनोनयन हुन बाँकी रहेको जनाइएको छ।
पुनर्वास नगरपालिकामा कृष्णबहादुर तामाङ संयोजक, बालकृष्ण घिमिरे सचिव, देवी भट्ट कोषाध्यक्ष तथा रुपेश कुमार खराल, नविन तिमिल्सेना, गंगा गुरुङ र शेरबहादुर विक सदस्य रहेका छन्।
बेलौरी नगरपालिकामा विष्णु प्रसाद तिवारी संयोजक, अशोक पाण्डेय सचिव, गीता रेग्मी कोषाध्यक्ष तथा तारा शाही बिष्ट, दिपेन्द्र कुमार राय, धनेश दत्त पन्त र जनक भट्ट सदस्य चयन भएका छन्।
लालझाडी गाउँपालिकामा हेमराज राना संयोजक, हंसराम राना सचिव, उर्मिला रावत कोषाध्यक्ष तथा विश्राम चौधरी, सुनिता राना, अमरसिंह धामी र रविना राना सदस्य चयन भएका छन्।
दोधाराचाँदनी नगरपालिकामा राजेन्द्र मल्ल संयोजक, नरेन्द्र बहादुर चन्द सचिव, कमला देवी उपाध्याय कोषाध्यक्ष तथा ध्रुवराज अवस्थी, दिपेन्द्र देउपा, बिन्देश्वरी चन्द र सरस्वती गिरी सदस्य रहेका छन्।
जिल्ला समितिले नवगठित तदर्थ समितिलाई आगामी वैशाख मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने म्यान्डेट दिएको जनाएको छ। स्थानीय तहमा रेडक्रसको सेवा विस्तार, स्वयंसेवक परिचालन र समुदायस्तरमा मानवीय सहयोगलाई थप सशक्त बनाउन यी समितिहरूले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



















Discussion about this post