विवाह समारोहमा सहभागी हुन गएका एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। पुर्नवास नगरपालिका–५ भानुबस्तीका १८ वर्षीय उज्जल सायरको मृत्यु भएको हो।
प्रहरीका अनुसार गएराति छिमेकीको विवाहमा सहभागी भएका युवाहरूबीच सामान्य विवाद हुँदा घटना भएको हो। विवाद बढ्दै जाँदा अर्को समूहका युवाहरूले सायरमाथि धारिलो हतियार प्रहार गरेका थिए।
कञ्चनपुरका प्रहरी प्रवक्ता हेम बहादुर शाहीका अनुसार गम्भीर घाइते भएका सायरलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएर सोधपुछ तथा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
मृतकका परिवार तथा आफन्तले घटनामा संलग्न सबैलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। विवाहमा गएको छोरा सधैंका लागि नफर्किने भएपछि सायर परिवार शोकमा डुबेको छ। साथै, सामाजिक कार्यक्रममा भएको यस घटनाले स्थानीय समुदायमा त्रास फैलिएको छ।






















Discussion about this post