मध्यराति बजेट, चौतर्फी आलोचना : कांग्रेस नेता गोपाल गुरुङको व्यङ्ग्यात्मक स्टाटस

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले प्रतिपक्षी दलको अनुपस्थितिमा मध्यराति बजेट प्रस्तुत गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । बजेट निर्माण र वितरण प्रक्रियामा पारदर्शिता तथा सहमतिभन्दा मनोगत ढंगले बजेट बाँडफाँट गरिएको आरोप लागिरहेका बेला नेपाली कांग्रेस कञ्चनपुरका नेता तथा समाजसेवी गोपाल सिंह गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

गुरुङले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “सुदूरपश्चिम सरकारको बजेट दिनभरी सुतेको हुन्छ, रातिको बेला कोही नभएको समयमा चमगादड जस्तै योजना छनोट गर्छ, कहाँ गएर प्रचण्डजीसँग ठोकिन्छ ।” उनको यो अभिव्यक्तिलाई प्रदेश सरकारले मध्यराति बजेट ल्याएको घटनाप्रति गरिएको कटाक्षका रूपमा हेरिएको छ ।

प्रदेश सरकारले झण्डै सात घण्टा ढिलो गरी बैठक सञ्चालन गरेर राति बजेट प्रस्तुत गरेको थियो। बजेट प्रस्तुत गर्ने प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी सांसदहरूले बैठक बहिस्कार गरेका थिए भने बजेटमा पहुँच र प्रभावका आधारमा योजना राखिएको आरोपसमेत उठिरहेको छ।

यस्तो अवस्थामा सत्तारुढ गठबन्धनसँग निकट मानिने राजनीतिक वृत्तका व्यक्तिहरूबाट समेत आलोचनात्मक अभिव्यक्ति आउन थालेपछि बजेटमाथिको विवाद अझ चर्किएको देखिन्छ। समाजसेवी तथा कांग्रेस नेता गुरुङको व्यङ्ग्यात्मक स्टाटसले प्रदेश सरकारको बजेट निर्माण शैलीमाथि जनस्तरमा बढ्दै गएको असन्तुष्टिलाई थप उजागर गरेको राजनीतिक वृत्तमा चर्चा छ ।

प्रदेश सरकारले भने बजेटलाई प्रदेशको विकास र समृद्धिको आधार बनाउने दाबी गर्दै आएको छ। तर मध्यरातिमा प्रस्तुत गरिएको बजेट, प्रतिपक्षको बहिस्कार र योजनाको बाँडफाँटबारे उठेका प्रश्नका कारण बजेट अहिले पनि आलोचनाको केन्द्रमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित