काठमाडौँ, प्रतिनिधि सभा बैठक ६ दिनका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्याल ले अर्को बैठक असार ११ गते बस्ने गरी स्थगित गरिएको जानकारी गराएका हुन्।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार ७ गतेदेखि चितवनमा आयोजना हुँदैछ। प्रतिनिधि सभामा रास्वपाको झन्डै दुई तिहाइ बहुमत रहेको छ।
महाधिवेशनमा पार्टीका सांसदहरू सहभागी हुने भएकाले प्रतिनिधि सभा बैठक ६ दिनसम्मका लागि स्थगित गरिएको जनाइएको छ। यद्यपि राष्ट्रिय सभामा रास्वपाको प्रतिनिधित्व नरहेकाले त्यहाँको नियमित कार्यसूचीमा कुनै प्रभाव नपर्ने बताइएको छ।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी नीति, नेतृत्व चयन तथा संगठन विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।





















Discussion about this post