जनक महरको सहयोग : क्याम्पु प्रहरी चेकपोष्टलाई स्टेन्ड पंखा हस्तान्तरण

बेलडाँडी । बेलडाँडी गाउँपालिका-२ का युवा समाजसेवी जनक महरले अत्यधिक गर्मीका कारण ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई केही राहत पुग्ने उद्देश्यले इलाका प्रहरी कार्यालय बेलडाँडी अन्तर्गत क्याम्पुस्थित प्रहरी चेकपोष्टमा एक थान स्टेन्ड पंखा हस्तान्तरण गरेका छन्।

महरले गर्मीको असर सबै मानिसमा समान रूपमा पर्ने भएकाले चौबीसै घण्टा सुरक्षा जिम्मेवारीमा खटिने प्रहरी कर्मचारीले अझ बढी कठिनाइ भोग्नुपर्ने महसुस गर्दै सानो सहयोगस्वरूप पंखा प्रदान गरेको बताए।

“सबै मानव समान हुन्, सबैलाई गर्मी लाग्छ। ड्युटीमा खटिने प्रहरीलाई केही सहज होस् र गर्मीबाट राहत मिलोस् भन्ने उद्देश्यले पंखा सहयोग गरेको हुँ,” उनले बताए।

उक्त पंखा बेलडाँडी गाउँपालिका-२ का वडा सदस्य रमेश चनाराको रोहबरमा प्रहरी चेकपोष्टलाई हस्तान्तरण गरिएको हो।

स्थानीयस्तरमा समाजसेवी महरले गरेको यस मानवीय सहयोगको प्रशंसा गरिएको छ। स्थानीयवासीले सुरक्षा सेवामा खटिने प्रहरीको सुविधा र मनोबल बढाउन गरिएको यस्तो सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित