भूमिमन्त्री प्रतिभा रावल कञ्चनपुरका गाँउबस्तीमा नागरिकका समस्या बुझ्दै लालपुर्जा दिने प्रतिबबद्धता

डिल्लीराज पन्त/कञ्चनपुर । भूमि व्यवस्था सरकारी संघीय मामिला तथा समान्य प्रशासनमन्त्री प्रतिभा रावल कञ्चनपुरका गाँउ गाँउ बस्तीमा पुगेर नागरिकका समस्या बुझेकी छिन ।

शनिबार मातृभूमि गृहनगर सुदूरपश्चिम पुगेकी प्रतिभा रावल कैलालीकोे टीकापुर, धनगढी र आईतबार कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा सहितका गाँउ बस्तीमै पुगेर नागरिकका समस्या बुझेकी हुन ।

मन्त्री रावल समक्ष आरक्षपीडितदेखिका सुकुमबासी भूमिहिन, मुक्त कमैया, हलिया, अव्यवस्थित बसोबासीहरुले भूमिकै समस्या दर्शाएका छन ।
कञ्चनपुरका नागरिकहरुले आफुहरु बषौँदेखि जमिनको स्वामित्वबाट बञ्चित भएकाले आफुहरुको समस्या समाधानका लागि अनुनय विनय गरेका छन ।

यस अघि तामझाम पुलमाला सहित गाँउमा आउने मन्त्रीलाई सम्भाव, स्वागतमा भ्याई नभ्याई हुने तर यस पटक सहजै रुपमा नागरिकहरुले मन्त्री रावल समक्ष समस्या दर्शाएका छन । बिहानैदेखि अबेररातीसम्मै गाँउबस्तीमा पुगेकी मन्त्री रावलले नागरिकका समस्या सुनेर छिट्टै लालपुर्जा दिने प्रतिबद्धता जाहेर गरेकी छिन ।

मन्त्री रावल समक्ष कञ्चनपुरमा नागरिकले जग्गाधनी प्रमाण पत्र(लालपुर्जा)देखि सहकारीका समस्या ठग्नेमाथि कार्बाहीको माग अघि सारिएका छन ।
मन्त्रीमा नियुक्त भएको डेढसय दिनमा जिल्ला भ्रमणमा आएकी मन्त्री रावल पक्षमा समस्यामा चाङैचाङ राखिएका छन ।

बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले भूमि आयोगले बाँकी कामकाज अघि बढाएर जनतालाई जमिनको मालिक बनाउन तर्फ सरकारले सहयोग गर्नुपर्नेमा मन्त्री रावलको ध्यानाकर्षण गराएका छन ।

वडाध्यक्ष जोशीले बेदकोट ८को भूमि समस्या बाधा अडकाउ फुकाएरै भएपनि जनताको हितमा कामकाजमा जोडदिएका छन ।

भीमदत्त नगरपालिका १३का वडाध्यक्ष रामचन्द्र बोहराले मन्त्रीलाई लिखित मौखिक रुपमा ध्यानाकर्षण गराउँदै गत विगतमा भूमि आयोगले गरेको अधुरा कामकाज पुरा गरिदिन आग्रह गरेका छन ।

वडाध्यक्ष बोहराले ०२२सालदेखिका नागरिकले हालसम्म पुर्जा नपाएको र ०६६सालमै राजस्व बुझाएका किसानले पनि पुर्जा नपाएकाले वडाभरीका ६सय ५० परिवारलाई यथाशिघ्र पुजा दिलाउन माग अघि सारेका हुन ।

कञ्चनपुरका आरक्षपीडितले समेत आढाई दशकदेखि आफुहरुको समस्या समाधान नभएको भूमिहिन भएको भन्दै न्यायिक व्यवस्थापनको माग अघि सारेका छन ।

आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले मन्त्री रावलसग लिखित मौखिक गरेर समस्या समाधानका लागि माग अघि सारेको बताए । कञ्चनपुर बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमसिह भाटले समग्र समस्यामा समस्यादेखि ठगिमाथि कार्बाहीको माग अघि सारेको बताए ।

उनका अनुसार ऋण अशुली, सहकारीको सरक्षणदेखिका बचतकर्ताको रकम फिर्तादेखिका सहकारी क्षेत्रमा देखिएका समस्या समाधानको माग अघि सारिएको छ । प्रशासन कार्यालय कञ्चनपुरमा भूमि समस्या समाधान आयोगले जिल्लाका ९वटै पालिकाले गरेका कामकाज बारे समिक्षा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी समेत रहेका भूमि आयोगका अध्यक्ष मदन कोईरालाले हालसम्म जिल्लाका ९वटै पालिकामा भूमि आयोगको कामकाज समेत समिक्षा गरिएको बताए । ‘हामीले भूमि आयोगले हालसम्मको कामकाज बारे समिक्षा ग¥यौँ, ‘उनले भने, ‘जहाँ जहाँ समस्या भयो, त्यही विषयमा मन्त्री ज्यूले पनि चासो राख्नुभयो, बाधा अडकाउ फुकाउनका लागि मन्त्रालय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो तहबाट सहयोग गर्ने विषयमा छलफल भयो ।’

मन्त्री रावलले पनि जिल्लाबाट दिनसक्ने पुर्जा वितरणका लागि भूमि आयोगलाई निर्देशन दिएकी छिन ।
रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले पहिलो पटक मन्त्री प्रतिभा रावलले जिल्ला भ्रमण गर्दा चुनावका बेला गरिब भूमिहिन जनतालाई लालपुजा दिने बषौँदेखि आरक्षपीडितको समस्यादेखि जकल्टिएको सरकारी निकायमा हुने संस्थागत भ्रष्टाचार अन्त्यका लागि ध्यानाकर्षण राएको बताए ।

संघीय सरकारको महत्वपूर्ण मन्त्रालय सम्हालेकी मन्त्री सुदूरपश्चिमकी छोरी मातृभूमी नगरी आउँदा स्थानीयले स्वागत सम्मान एव खुसी व्यक्त गरिरहेका छन । बषौँदेखिका भूमि समस्यादेखि सरकारी निकायमा हुने बेथिति, अनियमितता, भ्रष्टाचार अन्त्यका लागि मन्त्री रावलसंग नागरिक आशावादी छन ।

पहिलो पटक मातृभूमि सुदूरपश्चिम कञ्चनपुर आएकी मन्त्री प्रतिभा रावलले नागरिकका समस्या अध्ययन गर्दै समाधान गरेर लालपुर्जा वितरणमा कार्य अघि बढाउने बचन दिएकी छिन ।

कञ्चनपुरमा सरकारी कर्मचारीसंग जिल्लाको समस्या शान्ति सुुरक्षा विकास निर्माण सरकारी सेवा, पाटीका नेता कार्यकर्ताहरुदेखि नागरिकसंगै गएर उनीहरुका समस्या सुन्दै समाधानका लागि आफ्नो मन्त्रालय वा अन्तर मन्त्रालय सरकारबाट पहलको बाचा गरेकी छिन ।

कञ्चनपुर महेन्द्रनगरमा बाल्यकाल विताएकी रावल मन्त्रीमा नियुक्त भएपछि ६महिना अर्थात एकसय ५०दिनमा मातृभूमिमा पाईला टेकेकी मन्त्री रावतले निर्माणाधिन मझगाँउ विमानस्थलको समेत स्थलगत अनुगमन गरेकी थिईन । यस पटक मन्त्री रावलको भ्रमणबाट उपलब्धी हुने नागरिक आशावादी रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित