९औँ संस्करण बेलडाँडी खुला फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक

बिकाश सिंह महता/बेलडाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा आजदेखि ९औँ संस्करणको बेलडाँडी खुला नकआउट फुटबल प्रतियोगिता-२०८३ सुरु हुँदैछ।

बेलडाँडी गाउँपालिका-१ मा रहेको अल स्टार युवा क्लबले हरेक वर्ष आयोजना गर्दै आएको फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि ९औँ संस्करणको खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको आज एक कार्यक्रमबीच उद्घाटन हुने कार्यक्रम रहेको प्रतियोगिता संयोजक मनोज खडायतले जानकारी दिनुभयो।

प्रतियोगितामा कञ्चनपुर र कैलाली जिल्लाका गरी २३ वटा टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई समूह ‘ए’ र समूह ‘बी’ मा विभाजन गरी प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले रु. ८३ हजार नगदसहित आकर्षक ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई रु. ४५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहन गर्न ६ विधाका उत्कृष्ट खेलाडीलाई समेत आकर्षक पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

उद्घाटन खेलमा अरनिको युवा क्लब र बेलडाँडी फुटबल एकेडेमी ‘ए’ भिड्ने!

प्रतियोगिताको उद्घाटन खेलमा अरनिको युवा क्लब, पुनर्वास नगरपालिका र बेल्डाँडी फुटबल एकेडेमी ‘ए’ बीच प्रतिस्पर्धा हुनेछ। खेल भदौ १४ गते दिउँसो २:०० बजे अल स्टार युवा क्लबको खेलमैदानमा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको समापन भदौ २१ गते दिउँसो १२:०० बजे हुने कार्यक्रम रहेको छ।

स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताले यस वर्ष पनि रोमाञ्चक फुटबलको माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित