काठमाडौँ । गत वर्ष आजकै दिन, भदौ २३ गते भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेनजी युवाहरूले काठमाडौँसहित देशका विभिन्न सहरमा आन्दोलन सुरु गरेका थिए। नयाँ बानेश्वरमा भएको प्रहरी दमनमा पहिलो दिनमै १९ जनाको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेको थियो।
भदौ २४ गते आन्दोलन हिंसात्मक बन्दै संसद्, सरकारी संरचना तथा विभिन्न राजनीतिक दलका कार्यालयमा तोडफोड र आगजनी भयो। व्यापक जनदबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरिएको थियो।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो सफलता हासिल गरेपछि बालेन्द्र बालेन शाह प्रधानमन्त्री बने। यसरी भदौ २३ बाट सुरु भएको जेनजी आन्दोलनले एक वर्षभित्रै नेपालको राजनीतिक सत्ता र नेतृत्वको स्वरूपमा ठूलो परिवर्तन ल्याएको घटनाक्रमका रूपमा स्मरण गरिएको छ।





















Discussion about this post