फेरी महाकाली नदीमा दोधाराका बृद्ध वेपत्ता

खडक रावल/कञ्चनपुर ।कञ्चनपुर स्थित महाकाली नदीमा फेरी एक जेष्ठ नागरिक(बृद्ध) वेपत्ता भएका छन । सोमबार बिहान दोधाराचाँदनी नगरका एक अर्का नागरिक वेपत्ता भएका हुन ।

यस अघि दोधाराचाँदनीकी १५ बर्षिया सृष्टी सुनार बालिका वेपत्ता भएको ८ दिनमै फेरी दोधाराचाँदनी ४ मालिका टोलका ६० बर्षिया जित बहादुर दमाई वेपत्ता भएका हुन ।

यस अघि वेपत्ता भएकी सृष्टीको शव अहिलेसम्म फेला नपर्दै फेरी महाकालीमा अर्का युवक वेपत्ता भएपछि दोधाराका स्थानीय त्रसित भएका छन ।

दमाई महाकाली नदीमा पशु चौपाया तराउने क्रममा वेपत्ता भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणहेक्वा शैलेश्वरीका गणपति (एसपी) प्रेम प्रकास सिग्देलले नदीमा वेपत्ता जित बहादुर दमाईको खोजिकार्य भईरहेको बताए ।

वेपत्ता सुनारको खोजिका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितका स्थानीय खटिएका छन । दुई साता नवित्दै दोधाराचाँदनीका अर्का नागरिक महाकालीमा वेपत्ता भएपछि रोकथामका लागि पहल प्रयास गर्नुपर्नेमा नागरिक समाजको जोडछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित