कञ्चनपुर । बेलडाँडी गाउँपालिका-२, चवन्नी बजारमा रहेको इन्टरनेट सेवा प्रदायक स्मार्ट लिङ्क (बराही) कार्यालयले दुई जना कर्मचारीका लागि रोजगारीको अवसर खुलाएको छ।
कम्पनीका बेलडाँडी प्रमुख लोकेन्द्र हमालका अनुसार कार्यालयमा कम्प्युटर अपरेटर र मार्केटिङ पदका लागि कर्मचारी आवश्यक परेको हो।
कम्प्युटर अपरेटर पदका लागि कम्तीमा +२ उत्तीर्ण, कम्प्युटरसम्बन्धी दक्षता तथा ज्ञान भएको र कम्प्युटरसम्बन्धी डिप्लोमा गरेको व्यक्तिलाई प्राथमिकता दिइनेछ।
त्यस्तै, मार्केटिङ पदका लागि +२ उत्तीर्ण, मार्केटिङसम्बन्धी काम गर्न सक्ने क्षमता भएको तथा कम्प्युटरसम्बन्धी ज्ञान भएको व्यक्ति आवश्यक रहेको हमालले जानकारी दिनुभयो।
दुवै पदमा तत्काल कर्मचारी आवश्यक रहेकाले इच्छुक तथा योग्य व्यक्तिलाई चवन्नी बजारस्थित स्मार्ट लिङ्क (बराही) कार्यालयमा सम्पर्क गर्न वा ९८०५७४२२०२ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
कर्मचारीको तलब तथा अन्य सेवा–सुविधा आपसी समझदारीमा तय गरिने कम्पनीले जनाएको छ।
रोजगारीको खोजीमा रहेका स्थानीय युवायुवतीका लागि यो अवसर उपयोगी हुनसक्ने कम्पनीले जनाएको छ।





















Discussion about this post