महेन्द्रनगर । कञ्चनपुरमा क्रियाशील पत्रकार सुजित सिनाल सम्मानित हुनुभएको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले आफ्नो १९औँ वार्षिक उत्सव तथा साधारण सभाको अवसरमा पत्रकार सिनाललाई सम्मान गरेको हो ।
संस्थाका तर्फबाट पत्रकार सिनाललाई दोसल्ला ओढाउनुका साथै प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको संस्थाका संस्थापक अध्यक्ष सीता बोहराले जानकारी दिनुभयो ।
द्वन्द्वपीडित तथा एकल महिलाका हक, अधिकार तथा सवाललाई सञ्चारमाध्यममार्फत निरन्तर उठान गर्दै उनीहरूको आवाजलाई बुलन्द बनाउन पत्रकार सिनालले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको संस्थाले जनाएको छ ।
सम्मानपछि पत्रकार सिनालले आफू विगत दुई दशकदेखि पत्रकारिताको क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै प्राप्त सम्मानले आगामी दिनमा अझ जिम्मेवार भएर पत्रकारिता गर्न थप प्रेरणा र जिम्मेवारी दिएको बताउनुभयो ।
उहाँले द्वन्द्वपीडित, एकल महिला तथा पछाडि पारिएका समुदायका सवाललाई आगामी दिनमा पनि सञ्चारमाध्यममार्फत प्राथमिकताका साथ उठान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।





















Discussion about this post