बेलौरीमा नालामा डुबेको अवस्थामा ३९ वर्षीय पुरुष मृत फेला

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-६ का ३९ वर्षीय महेश केसी नालामा डुबेको अवस्थामा मृत फेला परेका छन्।

केसी शनिबार रातिदेखि सम्पर्कविहीन भएका थिए। आफन्तले उनको घरदेखि करिब १०० मिटर पश्चिमतर्फ रहेको भङ्गी नालामा डुबेको हुन सक्ने आशंका गर्दै सुरक्षा निकायलाई खबर गरेपछि खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयको टोली परिचालन गरिएको थियो।

आइतबार दिउँसो १२ बजेदेखि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर बेलौरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सीता कुमारी चौधरीको कमाण्डमा ११ जना, इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी नायब निरीक्षक टेकबहादुर विष्टको कमाण्डमा ११ जना तथा स्थानीय १५/२० जनाको टोलीले खोजी थालेको थियो।

खोजीका क्रममा भङ्गी नालामा पर्ने कल्भर्टबाट करिब ५० मिटर दक्षिणतर्फ केसीको शव फेला परेको प्रहरीले जनाएको छ।

शवलाई आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकी, बेलौरी पठाइएको छ। केसीको मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित