बेलडाँडीमा अचेत अवस्थामा भेटिएका युवकको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । बेलडाँडीमा अचेत अवस्थामा भेटिएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

बेलडाँडी गाउँपालिका-२ क्याम्पमा आइतबार राति सडक किनारमा अचेत अवस्थामा भेटिएका करिब २७ वर्षीय महेश धामीको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो।

अचेत अवस्थामा भेटिएपछि स्थानीयले धामीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडी पुर्‍याएका थिए। अवस्था गम्भीर भएपछि सोमबार बिहान थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो।

महाकाली प्रादेशिक अस्पतालमा उपचारकै क्रममा बिहान करिब ९ बजे धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार धामी बेलडाँडी गाउँपालिकाका बासिन्दा हुन्। उनी पछिल्लो समय कृष्णपुरको बंकमा अस्थायी रूपमा बसोबास गर्दै आएका थिए।

धामीको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित