देउवा पक्षको बेलडाँडी सभापतिमा नरेश सिंह धामी सर्वसम्मत

कञ्चनपुर, असोज २० । नेपाली कांग्रेसको देउवा पक्ष कञ्चनपुरको बेलडाँडी गाउँपालिका सभापतिमा नरेश सिंह धामी सर्वसम्मत चयन भएका छन्।

मंगलबार बेलडाँडीस्थित क्याम्प महाकाली सिँचाइको हलमा सम्पन्न पालिका अधिवेशनले धामीलाई गाउँपालिका सभापतिमा सर्वसम्मत चयन गरेको बेलडाँडी कांग्रेसले जनाएको छ।

अधिवेशनबाट उपसभापतिमा पुरुषतर्फ देव सिंह विष्ट र महिलातर्फ पदमा विष्ट चयन भएका छन्। यस्तै, सचिवमा गोपाल कुँवर र पदमप्रसाद भट्ट तथा सह-सचिवमा तर्कराज भट्ट र रेनु गुरुङ सर्वसम्मत चयन भएका छन्।

सदस्यहरूमा ज्ञानु गिरी, सोनी मगर, देवकी शाह, हरिश चौहान, दशरथ राना, गोविन्द गिरी, इसमिती राना र पदम डगौरा चयन भएका छन्।

बेलडाँडी कांग्रेसले वडा अधिवेशन सम्पन्न गरेपछि पालिका अधिवेशन गरेको हो।

यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टीका फरक-फरक समूहले छुट्टाछुट्टै अधिवेशन गरिरहेका छन्। गगन थापा पक्षले यसअघि नै वडा तथा पालिका तहका अधिवेशन सम्पन्न गरी काठमाडौंमा महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ भने देउवा पक्षले पनि आफ्ना अधिवेशनलाई निरन्तरता दिएको छ।

पार्टीको आधिकारिकता र नेतृत्वको विषयमा तल्लो तहसम्मै अन्योल कायमै रहेका बेला कांग्रेसका देउवा र थापा पक्ष छुट्टाछुट्टै अधिवेशनमा होमिएका छन्। यसले कांग्रेसको आन्तरिक विभाजन र नेतृत्वको वैधानिकतासम्बन्धी बहसलाई थप पेचिलो बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित