डोटी। लामो समय बेलडाँडी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा रहेर प्रशासनिक जिम्मेवारी सम्हाल्नुभएका गणेशदत्त भट्ट स्वैच्छिक अवकाश लिएर सेवानिवृत्त हुनुभएको छ। उहाँको सेवा यात्राको सम्मान गर्दै डोटीको जोरायल गाउँपालिकाले भव्य कार्यक्रमका बीच बिदाइ गरेको छ।
इमानदार, निष्ठावान्, सरल स्वभावका र सबैसँग मिलनसार प्रशासकका रूपमा परिचित भट्टले आफ्नो कार्यकालमा प्रशासनिक व्यवस्थापन, विकास निर्माण, सुशासन तथा नागरिकलाई सहज सेवा प्रवाह गर्ने कार्यमा योगदान पुर्याउनुभएको थियो।
२०७९ साल भदौ ३० गतेदेखि २०८३ साल असोज २१ गतेसम्म जोरायल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका उहाँले आफ्नो कार्यकालमा गाउँपालिकाको प्रशासनिक नेतृत्व कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो। उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै गाउँपालिका परिवारले सम्मानसहित बिदाइ गरेको हो।
भट्टको सेवानिवृत्तिसँगै जोरायल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सुशिला लेखक नियुक्त हुनुभएको छ। उहाँले २०८३ साल कात्तिक १० गते मंगलबारदेखि गाउँपालिकामा हाजिर भई औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत लेखकलाई गाउँपालिका परिवारले स्वागत गर्दै उहाँको प्रशासनिक अनुभव र नेतृत्वबाट सेवा प्रवाह, विकास निर्माण तथा सुशासनका क्षेत्रमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरेको छ।
एकातिर लामो समय प्रशासनिक सेवामा समर्पित भट्टको सेवा यात्रामा सम्मानपूर्ण बिदाइ भएको छ भने अर्कोतर्फ नयाँ नेतृत्वका रूपमा लेखकको आगमनसँगै जोरायल गाउँपालिकाको प्रशासनिक जिम्मेवारीले नयाँ चरणमा प्रवेश गरेको छ।
सेवानिवृत्त भट्टको आगामी जीवन सुखमय रहोस् र नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत लेखकको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।





















Discussion about this post