सुदूरपश्चिममा अखाद्य भारतीय कुखुराको तस्करी दिनप्रतिदीन मौलाउदै गएको पाईएको छ। प्रदेशको कैलाली र कञ्चनपुरमा हरेक दिन ठुलो परिमाण कुखुरा तस्करी हुने गरेको नेपाली किसानहरूको दाबी छ।
भारतमा खान अयोग्य र डम्पिङ गर्नुपर्ने कुखुराको सुदूरपश्चिममा दिनप्रतिदिन निर्बाध तस्करी हुदैगईरहेको छ। कैलाली र कञ्चनपुरका विभिन्न सिमावर्ती क्षेत्र हुँदै भारतीय कुखुरा तस्करी गरेर पहाडी जिल्ला पठाउन थालिएको किसानहरूले जानकारी दिएका छन्।
अशोक सिंह प्रदेश प्रहरी भएर आएको समयमा कुखुरा तस्करी बन्द भएको भए पनि अहिले मौलाएको किसानहरूको दाबी छ। हरेक दिन तस्करीको कुखुरा बरामद भएको घटनाले पनि तस्करी बढेको पुष्टि गरेको छ। सिमा क्षेत्रमा खटिने प्रहरीसँगको सेटिङमा तस्करी हुने गरेको कुखुरा पालक किसानले बताएका छन्।






















Discussion about this post