धनसिह धामी, १५ मंसिर । यस बर्ष कञ्चनपुरमा राष्ट्रिय निर्माण दिवस विवित कार्यक्रम गरेर मनाईने भएको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरले १६औँ राष्ट्रिय निर्माण दिवस ०८० विवित कार्यक्रम गरेर मनाउन लागेको हो ।
निर्माण व्यवसायी सघ कञ्चनपुरले शुक्रबार संघमै पत्रकार सम्मेलन गरेर २२ मंसिरमा विवित कार्यक्रम र त्यसको पुर्व सन्ध्यामा समाजिक कार्य गरेर दिवस मनाउने जनाएको छ ।
निर्माण व्यवसायी सघका अध्यक्ष निरन्जन प्रशाद भट्टले राष्ट्रिय निर्माण दिवसमा कार्यालयमा राष्ट्रिय झण्डात्तोलन गर्दै बजारमा ¥याली प्रभातफेरी सहितका कार्यक्रम गरेर मनाउने बताए ।
आर्थिक संकटका कारण पनि निर्माण व्यवसायी दिवसलाई यस बर्षपनि विगतका बर्षहरु जस्तै समाजिक कार्य गर्ने जनाएको छ । संघका अध्यक्ष भट्टले दिवसमा माध्यामिक स्तरमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने बताए ।
भीमदत्त नगरपालिका १८गोबरैयामा रहेको निङ्गलाशैनी माध्यामिक विद्यालयको प्राङ्गणमा हाजिरीजवाफ प्रतियोगिता हुने अध्यक्ष भट्टले बताए ।
सामुदायिक विद्यालयका विद्यार्थी सहभागि गराउने बताउँदै अध्यक्ष भट्टले प्रथम,द्वितिय, तृतिय एव सान्तवना टिमलाई क्रमस २१ हजार १११,१५ हजार १११,५ हजार १११ नगद ट्रफि, प्रमाण पत्र प्रदान गरिने छ । प्रति टिममा १जना अनिवार्य छात्रा हुनुपर्ने प्राबधान राखेको छ ।
हाजिरी जवाफ प्रतियोगितामा सहभागिताका लागि जिल्लाभरीका सामुदायिक विद्यालयलाई १८ मंसिरसम्म टिम दर्ताका लागि आब्हान गरेको छ । ‘यस बर्ष हामीले सामुदायिक विद्यालयको शैक्षिक स्तर बृद्धि विद्यार्थीको प्रतिभा प्रस्फुटनदेखि उत्साहका लागि यो कार्यक्रम राखेका छौँ, ‘उनले भने, ‘समाजिक काम हाम्रो दायित्व पनि हो ।’
दिवस सम्पन्न गर्नका लागि सिङ्गो निर्माण व्यवसायी खटिएको अध्यक्ष भट्टले बताए ।
Discussion about this post