लागु पदार्थ खाने शिक्षकलाई बहिस्कार गर्नुहोला : जिसस कञ्चनपुर प्रमुख बोहरा

कञ्चनपुर, फागुन ८ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले लागु पदार्थ खाने शिक्षकलाई बहिस्कार गर्न विद्यार्थीलाई अनुरोध गरेका छन ।

कञ्चनपुर जिसस प्रमुख बोहराले लागु औषधले समाज तहसनहस भईरहेको अवस्थामा लागु औषधदेखि कुलतमा शिक्षककै कारण पनि विद्यार्थी उन्मुख भएका बेला यस्ता शिक्षकलाई बहिस्कार गर्न अनुरोध गरेका हुन ।

मंगलबार कञ्चनपुर उद्योग वाणिज्य संघले ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजिक मावि स्तरिय वक्तृत्वकला कार्यक्रमको सम्बोधन गर्दैै जिसस प्रमुख बोहराले विद्यालयको हाताभित्र सूर्ति,बिडी, चुरोट, लागु पदार्थ खाने शिक्षकलाई सिधै कक्षा बाहिस्कार गर्न आब्हान गरेका हुन ।

जिसस प्रमुख बोहराले यस्ता शिक्षकबाट समाज बिग्रीरहेको भन्दै विद्यालयमा उपस्थिति भएका बेला लागु पदार्थदेखि धुम्रपान मध्यपान गर्ने शिक्षकलाई बहिस्कार गरेर सबक सिकाउन विद्यार्थी अग्रसर हुनुपर्ने बताए ।

जिसस प्रमुख बोहराले विद्यार्थीलाई प्रजातन्त्र, राष्ट्रियता, समाजप्रति उत्तरदायी भएर अध्ययनशिलमा जोडदिदै कुलतको बाटो अपनाउन समेत अपिल गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित