सेना दिवसका अवसरमा सैनिक प्रर्दशनी हुने

17
VIEWS

महेन्द्रनगर/१३ फागुन । महाशिवरात्री एवं २६१ औं सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रर्दशनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्दैछ ।

आगामी फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रर्दशनीमा सर्वसाधारणहरुलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ ।

सो क्रममा इतिहासदेखि हालसम्मका सेना सम्वन्धी गतिविधी तथा हातहतियार, उपकरण, पोशाक लगायत विविध विषयबस्तु प्रर्दशनमी रहने सेनाले जनाएको छ ।
निःशुल्क प्रवेश सुविधा मिलाइएको प्रर्दशनीमा सर्वसाधारण, विद्यार्थी लगायत सबैले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

युनिटी रनमा सहभागी हुनेहरुले यहाँ रहेको सैनिक गण तथा गुल्महरुमा नाम दर्ता गर्ने प्रवन्ध मिलाइएको छ । कञ्चनपुरबाट सहभागी हुने खेलाडी तथा सर्वसाधारणहरुको नाम दर्ता श्रीदल गुल्म भगतपुर ब्यारेकमा गर्न सकिने सेनाले जनाएको छ ।

गत बर्ष पनि सेना दिवसका अवसरमा सुदूरपश्चिममा सैनिक प्रर्दशनीका साथै खेलकुद लगायतका कार्यक्रम आयोजना गरेको थियो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार