प्रधानमन्त्री प्रचण्डलाई मागको ओईरो : दल, आरक्षपीडित, उद्योगी, व्यवसायी, विद्यार्थी, प्राद्यापक, विमानस्थल समितिद्वारा ज्ञापन

शुनिल राना/कञ्चनपुर, बैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई विभिन्न क्षेत्रबाट ज्ञापन पत्र बुझाईएको छ । आइतबार सुपविको चौथो दीक्षान्त समारोह कार्यक्रममा आएका प्रधानमन्त्री प्रचण्डलाई विवित क्षेत्रबाट ज्ञापन पत्र बुझाईएको हो ।

 

जिल्लाका विभिन्न राजनीतिक दल, आरक्षपीडित, मझगाँउ विमान स्थल पुन संचालन समिति, कञ्चनपुर उद्योग वाणिज्य संघ,विद्यार्थी संघ संगठनले ज्ञापन पत्र बुझाएका हुन । नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले जिल्लाको समसामयिक विषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए ।

उपसभापति सिहका अनुसार मझगाँउ विमान स्थल शुचारु, छेला औद्योगिक क्षेत्र विस्तार, महाकाली कोरिडोर विस्तार, ब्रंम्हदेबदेखि चिसापानीसम्म जैविक धार्मिक मार्ग विस्तार, महाकाली प्रादेशिक अस्पतालको स्तरबृद्धि, शैक्षक गुणस्तर बृद्धिका माग अघि सारेर ज्ञापन पत्र बुझाईएको बताए ।

कञ्चनपुरको विमानस्थल शुचारुको माग अघि सार्दै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाईएको छ । मझगाँउ विमानस्थल पुनः संचालन समितिले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो । मझगाँउ विमानस्थल पुनः संचालन समितिका सदस्य राजेन्द्र चन्दले बताए । उनका अनुसार मझगाँउ विमान स्थल निर्माण शुरु भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सेनाले अवरोध गरिरहेकाले निर्माण कार्य अवरोध भएको बताए ।

मझगाँउ विमानस्थल पुनः संचालन समितिका संयोजक रमेश बहादुर चन्दले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र बुझाउदै प्रधानमन्त्री प्रचण्डले मझगाँउ विमानस्थल शुचारुका लागि सरकारका तर्फबाट पहल गर्ने बताए । भीमदत्त नगरपालिका ४महेन्द्रनगर स्थित खाद्य व्यापार कम्पनीको जमिन भाडामा लिएर बस्दै आएका व्यवसायीले समेत ज्ञापन पत्र बुझाएका छन ।

व्यवसायी एव मजदुर नेता पदम राज जोशीले सम्झौता अनुरुप बसेको र अहिले आएर अतिक्रमणकारी भनेर उठाउन लागेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरएको बताए ।

अखिल क्रान्तिकारीले हमास समुहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको माग अघि सारेर प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएको छ । आइतबार कञ्चनपुर आएका प्रधानमन्त्री प्रचण्डलाई अखिल क्रान्तिकारीले हमास समुहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको माग अघि सारेर ज्ञापन पत्र बुझाएका हुन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले विपिन जोशीको रिहाई गर्नुपर्ने, सुपविको स्वच्छ पारदर्शी रुपमा सम्बन्धन दिनुपर्ने, महाकाली अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, गोल्लमेडल ल्याउने विद्यार्थीलाई सुपविमै रोजगारी दिनुपर्ने बताए । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले विपिन जोशीको रिहाईका लागि सरकारले पहल गरिरहेको बताए ।

सुपविमा समायोजन प्रकृया रोकिएका भानु बहुमुखी क्याम्पस सहितका १३ क्याम्पसले समेत ज्ञापन पत्र बुझाएका छन । भानु बहुमुखी क्याम्पसका अध्यक्ष भरत दत्त भट्टले यस अघि आंगिक बनाउने भनिएका १३ क्याम्पसलाई शिघ्र आंगिक बनाउनुपर्ने माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेन्द्र प्रशाद बोहराले जिल्लामा रहेका औद्योगिक क्षेत्रको बृद्धि विकास र उद्योगी व्यवसायीका समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको बताए ।

महासचिव बोहराले जिल्लामा संचालनमा रहेका दैजी छेला औद्योगिक क्षेत्र, सुक्का बन्दरगाह सहितका औद्योगिक क्षेत्रको योजना अघि बढाउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गरेको बताए । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीका समस्यामा समाधान गर्ने तर्फ सरकार लागि परेको बताए ।

नेवि संघ कञ्चनपुरका नेता दिनेश भट्टले विपिन जोशीको रिहाई सहितका विवित माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताए । कञ्चनपुरका आरक्षपीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएका छन । प्रधानमन्त्री प्रचण्डलाई आरक्षपीडितले ज्ञापन पत्र बुझाएका हुन ।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरा सिह भण्डारीले पुर्नस्थापनाको माग अघि सारेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार अधिकार सम्पन्न आयोग गठन हुनुपर्ने, विगतका आयोगले प्रस्तावितगरेका हैसियत बिग्रीएका वनहरुमा आरक्षपीडितको पुर्नस्थापना गर्नुपर्ने र पीडितको हकहितका लागि सरकारले पहल गर्नुपर्ने माग अघि सारेका छन ।

अध्यक्ष हिरासिह भण्डारी सहित उपाध्यक्ष मोतिलाल डगौरा, सल्लाहकार दिपेन्द्र बहादुर बोहरा, आरक्षपीडितका अगुवा करन चौधरी सहितको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको छ । पीडितले दुई दशकसम्म पुर्नस्थापना नहुँदा खुला आकासमुनी नरकीय जिवन विताउन बाध्य रहेको दुखेसो पोखेका छन ।

कञ्चनपुरका भुसे ईटा व्यवसायीहरुले सुदुरपश्चिम प्रदेशमा भुसा ईटा उद्योग सम्बन्धी कानुन व्यवस्था मिलाउन माग अघि सारेका छन । सुदुरपश्चिम प्रदेशमा भुसा ईटा उद्योग सम्बन्धी कानुन व्यवस्था मिलाउन माग अघि सारेका हुन ।

उनीहरुले लामो समयदेखि भुसे ईटा संचालन गर्दै आएको र अहिले ठुला ईटा व्यवसायीका कारण आफुहरु मारमा परेका भन्दै ऐन ल्याउन माग अघि सारेका छन ।

माओवादी केन्द्र कञ्चनपुरका युवा नेता समेत रहेका तुल बहादुर थापाले भुसा ईटा व्यवसायीले आफ्ना पीडा पोक्दै ज्ञापन पत्र बुझाएको बताए । भुसे ईटा व्यवसायी ईन्द्रसिह खत्री सहितले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित