राप्रकाका युवा उम्मेदवार धिरज बिक्रम सिंह घरदैलोमा, 

बेलडाँडी,
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन मिति नजिकिदै जाँदा उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । मतदाता रिझाउन उनीहरुकै घरआँगन पुगिरहेका छन् । सबैले आ आफ्नो प्रचारशैली अपनाएका छन् भने राप्रपाका युवा नेता धिरज बिक्रम सिंहले नयाँ शैली अपनाएका छन् ।

उनले मतदाताहरुलाई आफ्नो मासमा सहभागि हुनका लागि भनेका छैन् बल्की घरदैलोमा पुगेर गोप्य मतको बारेमा प्रकाश पार्दै भोट माग्दै हिडेका छन् । म फलाना पार्टीको फलानालाई भोट नदिए कार्वाहीमा परिन्छकी भन्ने मनसाय बोकेका मतदाताहरुलाई भोटको महत्वका बारेमा बुझाई आफ्ना एजेण्डा र आफुले जिते गर्ने कार्यका बारेमा मतदातालाई रिझाउदै छन् ।

सिंहले यहाँका भाईबहिनीको खेलकुदमा भविश्य देखेकाले खैरीघाटमा खेलमैदानका लागि आफ्नो पहलमा जमिन व्यवस्थापन गर्न लागेको जनाउदै आफुले जिते पहिलो प्राथामिकता शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारलाई प्राथामिकतामा राखेको छन् । पुराना नेताहरु स्वार्थमा लिप्त रहेको भन्दै पुस्ताहस्तान्त्रण हुनुपर्नेमा जोडदिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित