क्षेत्र २ का गाँउ बस्तीमा बाम लोकतान्त्रिक गठबन्धनको निरन्तर चुनावी अभियान

19
VIEWS

कञ्चनपुर,
कञ्चनपुर निर्वाचन क्षेत्र २मा बाम लोकतान्त्रिक गठबन्धनले निरन्तर चुनावी अभियान थालेको छ । क्षेत्र २का तीन वटै पालिका, वडा गाँउ बस्तीहरुमा बाम लोकतान्त्रिक गठबन्धनले चुनावी अभियान निरन्तर अघि बढाएको छ ।

नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति समेत रहेका मिन बहादुर सिहले बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र २का बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरका विभिन्न वडा, टोल बस्तीहरुमा निरन्तर चुनावी अभियान सचालन गरेको बताए ।

बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका नेता समेत रहेका सिहले क्षेत्रका गाँउबस्तीहरुमा निरन्तर उम्मेदवार त्रय प्रतिनिधी सभा तर्फ एनपी साउद, क्षेत्र २(क) प्रदेश सभाका ओम विक्रम भाट(सरल) र क्षेत्र ३(ख)का उम्मेदवार बहादुर सिह थापा सहित नेता कार्यकर्ता अहोरात्र खटिएको बताए ।

नेकपा माओवादी कञ्चनपुरका युवा नेता एव बाम लोकतान्त्रिक गठबन्धनका नेता मख्खन दहितले बाम लोकतान्त्रिक गठबन्धन चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा निरन्तर गईरहेको बताए । ‘हामीले स्पष्ट स्थानीय, प्रदेश र केन्द्रीय चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छौँ, ‘नेता दहितले भने, ‘हामी जुन जहाँ बस्तीमा पुग्छौँ, त्यहाँ जनताको अपार साथ सर्मथन पाईएको छ ।’

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २का उम्मेदवार त्रय प्रतिनिधी सभा तर्फ एनपी साउद, प्रदेश सभा सदस्यका उम्मेदवारद्वय ओम विक्रम भाट(सरल), बहादुर सिह थापाले जनतासंग चुनावी प्रतिबद्धता स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धता गरिरहेका छन ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार