कञ्चनपुर । बेलडाँडी गाउँपालिकाका कार्यपालिका सदस्यहरूले उपाध्यक्ष शान्ति नाथमाथि गाउँपालिकाको निर्णयहरू उल्ट्याउने र विकास निर्माणका कार्यमा निरन्तर अवरोध सिर्जना गरेको आरोप लगाएका छन् ।
गत असोज ९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले शिक्षक दरबन्दी मिलानसम्बन्धी निर्णय सर्वसम्मत रूपमा पारित गरेको थियो । तर उक्त निर्णय कार्यान्वयनको क्रममा रहेकै बेला उपाध्यक्ष नाथले सो निर्णय उल्ट्याउने नियतका साथ संकिर्ण सोच र बदनियतपूर्वक विभिन्न क्रियाकलाप गरेको भन्दै कार्यपालिका सदस्य चेतराम माली र मिना सुनारले गाउँपालिका अध्यक्षसमक्ष लिखित निवेदन दिएका छन् ।
निवेदनमा उल्लेख अनुसार, उपाध्यक्ष नाथले कसैलाई दशैं–दीपावलीको शुभकामना आदानप्रदानको बहानामा “ग्रीन पार्क कटेज” मा बोलाउने, कसैलाई “बजार अनुगमनको लागि हस्ताक्षर गर्नुहोस् ” भन्दै भ्रममा पारेर असोज ९ गतेको कार्यपालिका निर्णयविरुद्ध हस्ताक्षर गराउने जस्ता गतिविधि गरेकी हुन् ।
सदस्यहरूले यस्तो कार्य कानुन विपरीत रहेको भन्दै सो कार्यमा संलग्नहरूमाथि आवश्यक कानूनी कारबाहीको माग गरेका छन् । उनीहरूले २०८२ असोज ९ गतेको कार्यपालिका बैठकको निर्णय नै यथास्थितिमा कायम रहेको स्पष्ट पार्दै “हामी उक्त निर्णयबाट कतै पनि टसमस भएका छैनौं” भनेका छन् ।
स्थानीय स्रोतका अनुसार, उपाध्यक्ष नाथले ९ गतेको निर्णय अनुसार बेलडाँडी गाउँपालिकाले विद्यालयलाई गरेको पत्र आधाबाटो बाट गुण्डा शैलीमा कब्जा गरेका थिए । कब्जा गरेपछि गाउँपालिकाले हुलाक र इमेल मार्फत अर्को ओसी पत्र पठाएको थियो । यसअघि पनि गाउँपालिकाका विकास निर्माणका थुप्रै काममा अवरोध पु¥याउँदै आएकी छिन् । निर्माणाधीन १५ सैयाको अस्पताल स्थल खाली गराउने क्रममा उनले त्यहाँ बसोबास गरिरहेका केही व्यक्तिलाई उस्काएर गाउँपालिकाको डोजरमा ढुङ्गा प्रहार गराएको घटना सार्वजनिक भएको थियो ।
त्यसैगरी, चवन्नी बजारदेखि वडा नं.५ सम्मको सडक निर्माण, बेलडाँडीमा खेलमैदान निर्माण, दुग्ध चिस्यान केन्द्र, सहकारी भवन, आपतकालीन भवन, वडा नं.२ कार्यालय निर्माणल, निशुल्क शिक्षा प्रणाली, शिक्षक दरवन्दी मिलानलगायतका विकास आयोजनामा समेत उनले बारम्बार अवरोध पु¥याउँदै आएकी छन् ।
शैक्षिक क्षेत्रदेखि भौतिक पूर्वाधारसम्मका विकास योजनामा अवरोध पु¥याउने यस्तो प्रवृत्तिले गाउँपालिकाको समग्र प्रगतिमा नकारात्मक असर पारेको कार्यपालिका सदस्यहरूको भनाइ छ ।
स्थानीय नागरिकहरूले पनि उपाध्यक्ष नाथको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै गाउँपालिकाको निर्णय र विकास योजनामा अनावश्यक हस्तक्षेप बन्द गर्न माग गरेका छन् । यस विषयमा उपाध्यक्ष शान्ति नाथलाई हामीले पटक-पटक कलसम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन् ।






















Discussion about this post