माओवादीका केन्द्रीय सदस्य सरल र काँग्रेसका जिल्ला सदस्य रानाविच मितेरी

21
VIEWS

कञ्चनपुर,

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस कञ्चनपुरका दुई युवा नेताले मितेरी लगाएका छन ।

चन्द्रग्रहणको अवसर पारेर माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल) र नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य सौला रानाले मितेरी लगाएका हुन ।

मंगलबार एक कार्यक्रमका विच कृष्णपुर नगरपालिका ७ कलुवापुरमा माओवादी नेता सरल र काँग्रेस नेता रानाले मितज्यू लगाएको माओवादी केन्द्र कञ्चनपुरका नेता राम भट्टले बताए । माओवादी केन्द्रका नेता सरल अहिले बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र २(क)का उम्मेदवार रहेका छन ।

भने काँग्रेस नेता सौला राना बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने अभियानमा खटिएका छन । उस्तैपनि काँग्रेस, माओवादी, समाजवादी र जनमोर्चाविच बाम लोकतान्त्रिक गठबन्धन भएको अवस्थामा दुवै नेताविच भएको मितेरबाट झन सत्ता गठबन्धन बलियो हुने नेताहरुले अपेक्षा राखेका छन ।

काँग्रेस नेता सौला राना नाराथारु समुदायमा प्रभाव राख्ने नेता हुन । मितेरी कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य ओम पुन, केन्द्रीय सदस्य दल ब. धामी(अग्नी), माओवादी कञ्चनपुर संयोजक खेम पाण्डे, काँग्रेस नेतृ एव कृष्णपुर नगर उपप्रमुख द्रोपती राना, माओवादी नेता राम भट्ट सहित सत्ता गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको व्यवस्थापकीय भूमिका निर्वाह गरेका माओवादी नेता भट्ट सहित सत्ता गठबन्धनका नेता कार्यकर्ताहरुले दुवैलाई बधाई तथा सुभकामना दिएका थिए । मितेरी लगाएका दुवै काँग्रेस, माओवादीका नेता राना र सरलले एक अर्काविच आत्मियताले मित लगाएको बताएका छन

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार