कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका-३ स्थित आइबीआरडी बजारमा सरसफाई कार्यक्रम सम्पन्न गर्दै विश्वखोज राष्ट्रिय दैनिकले आज आफ्नो तेस्रो वार्षिक उत्सव सफलतापूर्वक मनाएको छ । हरिलाल जोशी प्रकाशक रहेको विश्वखोज दैनिक आजदेखि औपचारिक रूपमा चौथो वर्षमा प्रवेश गरेको हो ।
२०७९ पौष ३ गते दर्ता भई पौष ८ गतेबाट पाठक वर्गमाझ सार्वजनिक भएको विश्वखोज राष्ट्रिय दैनिकले छोटो अवधिमै कञ्चनपुरको दक्षिणी क्षेत्रमा उल्लेखनीय पहिचान बनाउँदै व्यापक चर्चा कमाएको छ । सूचनामूलक, तथ्यपरक र जिम्मेवार पत्रकारिताको अभ्यास गर्दै आएको पत्रिकाले हाल सात जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको जनाइएको छ ।
तेस्रो वार्षिक उत्सवको अवसरमा विश्वखोज परिवारको आयोजनामा आइबीआरडी बजार सरसफाई कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, सशस्त्र प्रहरी बल बीओपी पुनर्वास, सशस्त्र प्रहरी बल बीओपी आपताल, अस्थायी प्रहरी पोस्ट, कालिका बजार व्यवस्थापन समिति, पुनर्वास नगरपालिकाका कर्मचारी, स्थानीय व्यापारी तथा पत्रकारहरूको संयुक्त सहभागिता रहेको थियो ।
सरसफाई सम्पन्न पश्चात् इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की र पुनर्वास नगरपालिका-३ का वडा अध्यक्ष कृष्णबहादुर तामाङले संयुक्त रूपमा केक काटी उत्सव मनाएका थिए ।
उत्सवकै अवसरमा सामाजिक उत्तरदायित्वलाई समेत आत्मसात गर्दै विश्वखोज परिवारले नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्षको उपचारका लागि बैंक खातामार्फत तीन हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । समुदायसँग जोडिएको पत्रकारिता, स्वच्छ वातावरण र सामाजिक सद्भावको सन्देश बोकेको यस किसिमको कार्यक्रमले विश्वखोज दैनिकको यात्रालाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।























Discussion about this post